​आखिर आफ्नो ब्रा किन यहाँ छाड्छन् हजारौँ युवतीहरू ?

संसारमा कैयौँ यस्ता ठाँउ छन्, जुन अचम्मका बिशेषताको कारण चर्चित छन् । यस्तो ठाँउमा मानिसहरु जान रुचाउँछन् । यस्तै एउटा ठाँउ छ, न्यूजिल्याण्डको सेन्टर ओटेगो नजिक रहेको कस्बे । जुन १९९९ पछाडि मानिसको आकर्षणको क्षेत्र बनेको छ ।

यसको कारण यहाँको ब्रा प्रसंशक ।  अर्थात् यो यस्तो ठाँउ हो, जहाँ स्टाइलिस ब्रा देख्न सकिन्छ । यहाँ आउने महिलाहरु संकेतको लागी आफ्नो ब्रा छोडेर जान्छन् ।

आज यो संसारको विशेष ठाँउहरुमध्ये एक हो । यो ठाँउ प्रसिद्ध हुनुको पछाडी जुन कथा छ त्यो आश्चर्यलाग्दो छ ।



यहाँ महिलाहरु बाँध्छन् आफ्नो ब्रा

न्यूजिल्याण्डको सेन्टर ओटेगो स्थित कार्डोना ब्रा फ्यान्स नामक पर्यटक स्थल । भनिन्छ, १९९९ मा क्रिसमस अनी नयाँ बर्षको समयमा यस ठाँउमा ४ ब्रा बाँधिएको पाइएको थियो । यसको पछाडी निकै चाखलाग्दो कुरा छ । यहाँका मानिसहरु भन्छन्, यहाँ नजिकै एउटा पब छ जहाँ केहि महिलाहरू नयाँ बर्ष मनाउनको लागी आएका थिए र नयाँ बर्षलाई स्मरणीय बनाउनको लागी आफ्ना ब्रा छोडेर गएका थिए ।

बढीरहेको छ संख्या

सन् २००० को अन्त्यसम्ममा यहाँ ब्राको संख्या यति धेरै भयो की यहाँ ब्राको थुप्रो लाग्यो । २००० को अक्टुबरमा क्वीनसल्याण्ड लेक्स जीलेको सरकारले कुल १५०० ब्रा यहाँबाट हटाएको थियो । तर यो ठाँउ मानिसको लागी यति चर्चित भएको थियो की केहि दिनमै यहाँ ब्राको संख्या बढ्न थाल्यो ।

बनिरहेको छ पर्यटकिय स्थल 

नयाँ प्रसिद्धिको कारण मानिस ब्रार्डोना (ब्रा अनी कार्डोनाबाट बनेको नयाँ शब्द) को नामले पनि बोलाउँछन् । मानिसको लागी यो नयाँ पर्यटकिय आकर्षण बनेको छ । यहाँ आउने महिलाहरु निशानीको लागी आफ्नो ब्रा जरुर छोडेर जान्छन् ।

आउने जानेलाई रोक छैन

यहाँ दिन प्रतिदिन ब्राको संख्या बढ्दै गएको छ । यसैको साथ यो ठाँउ पर्यटकिय स्थलको रुपमा परिवर्त हुँदै आएको छ । सबैले यसलाई पर्यटकिय स्थलको रुपमा लिँदै आउका छन् । र यहाँ आउने कसैलाई पनि रोकतोक छैन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..