विचित्रः पैसाका लागि केटाले केटी बनेर विहे गरेपछि…..

धनकुटा । बेरोजगारसंग संगै युवायुवतीहरु विभिन्न अपराधमा लाग्ने गरेका छन। सबै भन्दा छिटो पैसा कमाउने बाटो बनेको छ ठगि धन्दा।

धनकुटामा भोजपुर एक युवकको ठगी धन्दा देखेर प्रहरी नै आश्चर्यमा परेको छ। धनकुटा छिन्ताङ्गका विपिन राईसँग केटी बनेर बिहे गरी स्थानीयलाई ठगी गर्ने युवकलाई स्थानियले प्रहरीलाई बुझाएका छन। उनी हुन, भोजपुरको रामप्रसाद राई गाउँपालिका घर भएका राजकुमार राई।

उनको ठग्ने शैली प्रहरीका लागि पनि नयाँ विषय बनेको छ। अनुहार हेर्दा युवती जस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेकी आरोप लगाएर स्थानियले प्रहरीमा बुझाएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

केही समय अघि विपिन विदेशमा भएका बेला फेसबुक मार्फत चिनजान गरि र विपिन नेपाल आएपछि उनीहरुले विवाह गरेका थिए। तर, विपिनले राजकुमारलाई केटो हो भनेर थाहा पाएपनि गुपचुप राखेको र राजकुमारले दिनभर केटीको ड्रेस लगाएर बस्ने तथा साँझ परेपछि केटा भएर ठग्दै हिडेको कारण प्रहरीमा बुझाएको स्थानिय भरतसिंह राईले बताए। केटी बनेर धेरैसँग विहे गरेर ठग्दै हिँडेको पाइएको कारण प्रहरीलाई जिम्मा लगाउनु परेको राईले बताए।

यता प्रहरीले भने समलिंगी विवाहलाई कानुनले पनि मान्यता दिएका कारण सो विषयमा कुनै मुद्धा दर्ता नहुने र ठगीको आरोपका कारण अनुसन्धानमा राखिएको बताएको छ। धनकुटाका प्रहरी प्रवक्ता मिश्रका अनुसार ठगीका कारण उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउने तयारी भइरहेको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..