
हरेक युवा जान्न चाहन्छन् कि आफ्नो जीवनसाथी को होला ? कस्तो होला ? जसलाई मनले खाएको छ, उ आफ्नो साथी बन्ला कि नबन्ला ? यस्ता विषयहरुमा हामीले देख्ने सपनामा केही संकेत पाइने विज्ञहरु बताउँछन् । हाम्रो विवाह जोसँग हुनेछ र विवाह चाँडै हुनेछ वा ढिलाजस्ता कुरा सपनाको संकेतबाट पनि बुझ्न सकिन्छ ।
१. सपनामा हिरा वा हिरा जडित आभूषण उपहार पाउनु शुभ होइन । यस्तो सपना देख्नेको भविष्यमा वैवाहिक जीवन सुखमय हुनेछैन ।
२. सपनामा आफै खुसी भएर नाच्दै गरेको देख्नु भयो भने ठान्नुस तपाईको विवाह चाँडै हुनेछ र दाम्पत्य जीवन सुखमय हुनेछ ।
३. सपनामा कोमल वस्त्रमा देखिनुले सुन्दर र सुशील पत्नी प्राप्त हुने गर्दछ ।
४. सपनामा सुनको आभूषण उपहार स्वरुप प्राप्त हुनु भनेको उसको विवाह कुनै धनी व्यक्तिसँग हुनु हो ।
५.सपनामा मेलामा घुम्न जानु शुभ मानिन्छ । यस्तो सपना योग्य जीवनसाथी पाउन संकेत हो ।
६. सपनामा कुनै स्त्री पुरुष कुनै शवयात्रामा देखिए भने उनीहरुको दाम्पत्य जीवन कलहपूर्ण अवस्थामा बित्नेछ ।
७. सपनामा कुनै सुरुङ यात्रा गर्नु दाम्पत्य जीवनमा बाधा उत्पन्न हुने संकेत हो ।
८. पुरुषले सपनामा आफ्नो दाह्री बनाउँछ वा कुनै अर्काका बनाउँदै गरेको देख्छ भने यसको संकेत उसको दाम्पत्य जीवनका सबै कठिनाइ समाप्त हुनु हो ।
९ सपनामा इन्द्रधनुष देख्नुलाई शुभ मानिन्छ । जीवनमा विवाहसम्बन्धी अभिलाषापूर्ण पूर्ण हुनेछ । यो चाँडै विवाह हुने संकेत पनि हो । लहराउँदै गरेको मयुरको प्वाँख देख्नुले पनि चाँडै विवाह हुने संकेत गर्दछ ।
१०. सपनामा कुनै पुजारी, पादरी वा मौलवीलाई देख्नु दाम्पत्य जीवनमा विघटनको स्थितिहरु उत्पन्न हुन लाग्दछ । एजेन्सी