अछाममा दुई महिला मृत अवस्थमा भेटिए, हत्या कि आत्महत्या ?

अछाम । अछाममा दुई महिला मृत अवस्थमा भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाकी २२ वर्षीया उर्मिला टमाट्टाको शव गोठमा भेटिएको छ ।

घरबाट आफन्तका घरमा जाने भनेर निस्किएकी उर्मिलाको शव छिमेकीको गोठमा फेला परेको हो । आफन्तको घरमा नपुगेको खबरपछि उनको खोजी गर्दा उनको शव गोठमा भेटिएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले बताउनु भएको छ ।

प्रहरीका अनुसार उनको शव नजिकै मुसा मार्न प्रयोग गरिने विष फेला परेको छ । उक्त घटनाका बारेमा बुझ्न एक स्थानीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै तुर्माखाद गाउँपालिका–३ भैरबस्थानमा २३ वर्षीया धनसरा नेपाली झुण्डिएको अवस्थामा फेला परेकी छन् । मंगलबार बिहान ५ बजे घरबाट हिँडेकी उनी ३०० मिटर टाढा झण्डिएको अवस्थामा भेटिएको अछाम प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार धनसरा गर्भवती हुनुका साथै उनकी अढाइ वर्षीया छोरी समेत छन् । मृतक दुबै जनालाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन लगिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..