यस्तो रहेछ भोक र रिसको गहिरो सम्बन्ध, भोगकै कारण दाम्पत्य जीवन टुट्ने सम्भावना

के तपाईलाईले कहिल्यै ख्याल गर्नु भएको छ कि जब भोक लाग्दछ तब तपाईलाई निकै रिस उठ्ने गर्दछ । सानातिना कुरामा पनि झन्जट लाग्दछ । यस्तै अवस्थामा कसैले प्रश्न गरे तब लाग्दछ कि जवाफमा उसको टाउकैमा हिर्काऊ।

सामाजिक सञ्चारको यो जमानामा भोक र आक्रोसको यो विषयमा अंग्रेजीमा एउटा रोचक शब्द चयन गरिएको छ। यसमो नाम हो हङ्ग्री अर्थात Hangry । यसलाई भोक अर्थात हंगर र आक्रोशित हुने अर्थात एङ्ग्री Angry लाई मिलाएर बनाइएको हो ।

रिस उठ्नुको कारण के होला ?

किंग्स कलेज लण्डनका न्युट्रिशियन एक्सपर्ट सोफी मेडलिन भन्छिन् कि लामो समयदेखि मानिसलाई थाहा छ कि भोक लागेपछि झन्जट महशुस र रिस बढ्दछ । अब सामाजिक सञ्चारले भोक र आक्रोशको मेलबाट हङ्ग्री Hangry शब्द बनाएको छ, तब विज्ञानको यसमा रुची अरु बढेको छ।

सोफी भन्छिन् कि जब हाम्रो शरीरमा चिनीको मात्रा कम हुन्छ तब कार्टिसोल र एड्रीनेलिनजस्ता हर्मोनको मात्रा बढ्दछ । यी हर्मोनको सम्बन्ध हाम्रो लड्ने क्षमतासँग हुन्छ । यसको असर हाम्रो दिमागसँग निकै हुन् छ।

यसको कारण यो हो कि हाम्रो दिमागका तन्त्रिकाहरु अर्थात न्युरोनबाट निस्कने केमिकल न्युरोपेप्टाइड्सले यी केमिकलहरुको मात्रालाई हाम्रो दिमागमा नियन्त्रित गर्दछ । जुन केमिकलले हामीलाई भोक महशुस गराउँछ, त्यही केमिकलले हामीलाई रिस पनि उठाउँछ ।

सोफी मेडलिन भन्छिन् कि यही कारणबाट भोग लाग्दा हामीलाई रिस पनि उठ्ने गर्दछ । हामी सबैले भोक लागेपछि आन्द्रामा ऐठन र झन्जट महशुस गरेकै होलाऔं । मिडिया अक्सर यो भन्दछन् कि यो अवस्था महिलाहरुमा बढी देखिने गर्दछ ।

यद्यपि यसमा थोरै पनि सत्य छैन । वास्तवमा हाम्रो समाजमा महिलाका विषयमा जुन सोच छ, त्यसका कारण यसो भन्ने गरिएको हो।
गत महिना विन्टर ओलम्पिकका क्रममा अमेरिकी खेलाडी क्लोय किमले ट्वीट गरेर आफ्नो भोकका बारेमा बताएका थिए । किमले ट्वीटमा लेखेका थिए कि शायद म आफ्नो ब्रेकफास्ट सैन्डविच खाएर आउने थिएँ । जिदका कारण त्यो छोडेर आएँ र अब भोक लागिरहेको छ।
वास्तविकता त यो हो कि महिलाको तुलनामा पुरुषलाई भोक लाग्दा बढी रिस उठ्ने गर्दछ ।

भोक लाग्दा पुरुष बढीलाई बढी रिस उठ्छ

सोफी मेडलिन भन्छिन् कि मानिसको दिमागमा न्युरोपेप्टाइडको असर महशुस गर्नका लागि बढी रिसेप्टर हुन्छ । यसमा ओस्ट्रेजनजस्ता हर्मोनको पनि असर हुन्छ । किनभने टेस्टोस्टेरोनको योसँग सम्बन्ध रहेको पाइएको छ।

सोफी मेडठलिन भन्छिन् कि अझै पुरुष यो मान्न कमै तयार हुन्छन् कि उनीहरुको खानामा व्यवहारको कुनै सम्बन्ध छ। र, महिलाहरुलाई बढी इमोशनल मानिन्छ । यही कारण हो कि भोग लाग्दा रिसाउनुमा महिलालाई बढी जोड्ने गरिन्छ ।

त्यसो त हंगर अर्थात भोक र रिसको यो ककटेलको आपसी सम्बन्धमा नराम्रो असर पर्न सक्दछ ।

भोगले बिगार्न सक्छ सम्बन्ध

सन् २०१४ मा गरिएको एउटा अध्ययनका अनुसार रगतमा चिनीको मात्रा घट्दा वैवाहिक जोडीहरुको सम्बन्धमा तनाव बढ्दछ र उनीहरु अक्सर हिंसक हुन्छन् ।

विशेषगरी विवाहित महिलाहरु भोग लागेपछि निकै आक्रामक हुने गर्दछन् । उनीहरु चर्को स्वरमा संगीत सन्न मन पराउँछन् । अक्सर यस्ता महिलाहरु श्रीमानहरु श्रीमानको आक्रोशको शिकार बन्ने गर्दछन् ।

तसर्थ यो अनुभवबाट एउटा कुरा स्पष्ट छ कि यदि तपाईकी श्रीमतीलाई भोग लागेको छ भने सबै काम छोडेर उनलाई शान्त बनाउनतिर लाग्नुस् । यो तपाईको स्वास्थ्य र दुरस्त रहनका लागि निकै महत्वपूर्ण सुझाव हो ।

अब प्रश्न यो छ कि तपाई भोकको स्थितिबाट कसरी बच्न सक्नु हुन्छ ? सोफी मेडलिन भन्छिन् कि यो यस कुरामा निर्भर गर्दछ कि तपार्य कति समयपछि खाना खाँदै हुनुहुन्छ ।

त्यसअघि तपाई छिटोछिटो केही खानेकुराको व्यवस्था गर्नुस् । विशेषगरी मिठो, गुलियो र चटपटेवाला फास्टफूड । तपाईको शरीरमा सुगरको आवश्यकता तत्काल पूरा हुनेछ र तपाईको रिसको ज्वालामूखी फुट्नबाट रोकिनेछ । सारा कीटिंगर बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..