यसरी ठुलो स्तन बन्यो कमाईको माध्यम

बेलायतमा एक सैनिककी ३४ वर्षीया श्रीमती डेबी डेलामार आफ्नो कृतिम शरीर मन पराउँछिन् । उनी आफ्नो स्तन जतिसक्दो ठुलो बनाउन चाहन्छिन् । हालै उनले स्तन बढाउनका लागि अपरेशन गराएकी थिइन् । त्यसका लागि मात्र उनले ८ हजार पाउण्ड खर्च गरिन् ।

डेबी दुई बच्चाकी आमा हुन् । बेलायतमा सबैभन्दा ठुलो स्तनको मालिक्नी भएकोमा उनी गर्व गर्छिन् । उनको वक्ष पहिला दोब्बर एचएचएस थियो । तर, उनले अपरशेन गराएर त्यसलाई ३० केके आकार बनाइन् । यसको अर्थ उनको शरीरमा सवा किलो किलिकन भरियो । त्यसबाट उनको स्तनको वजन सात पाउण्ड भएको छ। एक सैनिककी श्रीमती डेबी मात्र पाँच फिट अग्ली छिन् । र, यसअघि उनको स्तनको आकार ३० डीडी थियो । उनले २८ वर्षको उमेरमा आफ्नो स्तन ठुलो बनाउन पहिलोपटक अपरेशन गराएकी थिइन् ।

स्तनको आकार एक पटक चार कप साइज बढाउनुका साथै उनले गत वर्ष मेमा एउटा अर्को अपरेशन गराइन् । त्यसबाट उनको वक्षको आकार डबल एच भएको थियो । तर, उनी यतिमा मात्र सन्तुष्ट हुन सकिनन्, पुनः अपरेशन चाहिन् । तर, धेरै चिकित्सकले अपरेशन गर्न इन्कार गरे । त्यसका बावजुद पनि उनले लण्डन अस्पतालमा आफ्नो अपरेशन गराइन् र आफ्नो बम्पर वक्षका साथ अस्पतालबाट बाहिर निस्किन् । अब उनको वक्ष धेरै ठुलो भएको छ।

उनको छाती नजिकको भाग ढाडबाट करिब दुई फिट चौडा छ। डेबी जति चौडा छिन् त्यति नै अग्ली पनि छन् । आफ्नो नयाँ फिगरका साथ ब्रेकन, साउथ वेल्सकी डेबीलाई नयाँ नयाँ समस्या पनि आइलाग्ने गरेको छ।

तैपनि उनी भन्छिन्–म जहाँ जान्छु मानिसहरु मलाई घुरेर हेर्न लाग्छन् । त्यसबाट म मजा लिने गर्छु । त्यसैले म आफ्नो स्तन सक्दो ठुलो बनाउन चाहन्छु । अरुलाई जसरी कालो र सुनौलो कपाल मन पर्छ त्यसरी नै मलाई मेरो नक्कली बुब्स मन पर्छ ।

उनी भन्छिन्, म ब्रिटेनमा सबैभन्दा ठुलो स्तनको भएकी महिलाको उपाधि पाउन चाहँदिन तर यो आफै हुँदै गयो । तैपनि उनलाई त्यसबाट कुनै समस्या छैन । किनभने सबै कुरा उनलाई सहज लाग्न थालिसकेको छ।

यद्यपि उनको ठुलो स्तनका कारण शरीर सन्तुलनमा देखिदैन । तैपनि उनी आफ्नो शरीरलाई सन्तुलनमा राख्न कुनै समस्या नभएको बताउँछिन् । एकपटक सात इन्च अग्लो सैन्डलमा तस्वीर खिचाउन भने उनलाई समस्या भएको उनको भनाइ छ। डेलीले आफ्नो टपलेस तस्वीर खिचाएको ३५ डलर लिने गरेकी छन् । यो उनको आम्दानीको महत्वपूर्ण स्रोत हो ।

उनका प्रशंसक संसारभर छन् । सामाजिक सञ्जालको माध्यमबाट उनीसँग सम्पर्क गर्छन् । उनका प्रशंसकहरुले उनको पेज पनि बनाएका छन् । उनी भन्छिन्, म ग्ल्यामर मोडलिङ जान चाहन्न । तर, मलाई प्रशंसकले अनलाइनमा खोजी गरेकोमा म खुसी छु ।

तर प्रशंसकहरुका लागि एउटा नरमाइलो खबर पनि छ। किनभने उनले अब स्तनको अपरेशन नगर्ने निर्णय गरेकी छन् । यद्यपि उनको यो निर्णयबाट उनकी सानी छोरी निकै खुसी छिन् । उनको दुई छोरी छन् । जसमा ठुली १५ वर्षीया सियान र सानी १२ वर्षीया कैटी हुन् । ठुली छोरी आमाको क्रियाकलाप मन पराउँछिन् तर सानी छोरी निर्क शर्मिली र अन्तमुखी छिन् । त्यसैले आमाको कामबाट उनी लज्जा महशुस गर्छिन् । तैपनि डेबी परिवार खुस छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..