यातायात व्यवसायीले गरे यस्तो माग

काठमाडौ । यातायात व्यवसायीहरुले वार्ता र छलफलबाट यातायात क्षेत्रमा देखिएको समस्या यथासिघ्र समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र गणतान्त्रिक यातायात व्यवसायी संगठनले बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरि वार्ता मार्फत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आफुहरु सिन्डीकेट विरोधी नभएको पनि उनीहरुले स्पष्ट पारेका छन् । लामो समय देखि सेवा संचालन गर्दै आएका व्यवसायीमाथि सिन्डिकेटको नाममा सरकारले प्रहार गर्ने काम गरेको भन्दै उनीहरुले सरोकारवाला निकायसंगको छलफल र वार्ताबाट सही निकास निकाल्न आग्रह गरेका छन् ।

व्यवसायीले राजश्वको प्रक्रियामा समावेश हुन आफुहरु तयार रहेको पनि बताएका छन् । यातायात व्यवसायी संघ, संस्थाहरुलाई आगामी असार मसान्त पश्चात नविकरण नगर्ने र त्यसपछि ती संस्थाहरु खारेज गर्ने सरकारी निर्णयले व्यवसायीलाई तहसनहस पार्ने काम गरेको भन्दै उनीहरुले संचालन प्रक्रिया र राजश्वको विषयमा स्पष्ट नीति अवलम्बन गर्न सुझाएका छन् ।

गणतान्त्रिक यातायत व्यवसायी संगठनका संयोजक दधिराम खरेलले दुई पक्षीय विवाद भन्दा सहकार्य र समन्वय मार्फत समस्या समाधान तर्फ अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

व्यवसायीले यातायात प्राधिकरण गठन गरि सोही मातहत व्यवसायीका संघ संस्थालाई राख्न, चैत्र १८ गते यातायात व्यवस्था विभागबाट जारी भएको निर्देशिका खारेजी, रुट कायम, इजाजत लगायतको व्यवस्थापकीय जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने लगायत १३ बुँदे सुझाव दिदै वार्ता आव्हानका लागि सरकारसंग आग्रह गरका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..