यो हो आपतकालीन अवस्थामा काम लाग्ने विचित्रको ब्रा

यो ब्रा कुनै दुर्घटना वा आपतकालिन स्थितिमा निकै काम लाग्न सक्छ। किनभने त्यस्तो अवस्थामा यसलाई फेसमास्क जसरी पनि प्रयोग गर्न सकिन्छ। सामान्य स्थितिहरुमा यसलाई आम ब्राझैं प्रयोग गर्न सकिन्छ। तर आवश्यक परेको खण्डमा यो दुई फेसमास्कमा परिवर्तन हुन्छ।

एलेना बोडनरले डिजाइन गरेको यो ब्राले आइनोबल अवार्ड फर इनवेशनल पुरस्कार प्राप्त गरिसकेको छ। यो पुरस्कार अनौठो प्रकारको खोजी कार्यलाई दिइने गरिन्छ। झट्ट सुन्दा अचम्मझै लाग्ने यो ब्रा निकै लाभदायी छ।

बोडनरले डिजाइन गरिएको यो ब्राले गत वर्ष आइनोबल पुरस्कार जितेपछि यो निकै चर्चाको शिखरमा रह्यो । तर त्यतिबेला परिक्षणका लागि मात्र बनाइएको थियो । अब यो ब्रा बजारमा पनि उपलव्ध भइसकेको छ। यो ब्रा २९.९५ अमेरिकी डलर किन्न सकिन्छ।

यो ब्रा बनाउनुको उद्देश्य आपतकालिन स्थितिमा तत्काल फेसमास्क उपलव्ध गराउनु हो । यो ब्राको डिजाइन यसरी गरिएको छ कि कुनै पनि बवाञ्चित स्थितिमा यसलाई दुई भागमा बाँड्न सकिन्छ। यसरी यो ब्रा दुई वटा फेसमास्कमा परिवर्तन हुन्छ।

यसको विशेष डिजाइनका कारण यो मुख र नाकमाथि राम्रोसँग बस्छ। अब पुरुषका लागि पनि यस्तै प्रकारको कुनै अनौठो डिजाइन भएको परिधान अद्योवस्त्र तयार गरिदैछ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..