तपाईलाई थाहा छ महिलाहरुले केटा आकर्षित गर्ने गुण यसरी प्राप्त गरेका हुन्छन् ?

एउटा नयाँ शोधका अनुसार पुरुष महिलाको गन्ध र उनीहरुको हावभावबाट प्रभावित हुने गर्दछन् र उनीहरुप्रति आकर्षित हुने गर्दछन्। महिलामा रहेको गन्धद्धारा पुरुषहरुलाई आकर्षित गर्ने क्षमता महिलाहरुले आफ्ना अभिभावकको जीनबाट प्राप्त गर्दछन्।

अध्ययनकर्ताहरुका अनुसार महिलाहरुको जिनेटिक म्याकअप उनीहरुको पसिनाको गन्ध र उनीहरुको रुपरंगमा हुन्छ । यो जिनेटिक म्यापमा आकर्षित गर्ने उनीहरुको क्षमता लुकेको हुन्छ । यो जिन उनीहरुलाई आफ्ना अभिभावकबाट प्राप्त हुने गर्दछ ।

डेली मेलमा प्रकाशित समाचारअनुसार संशोधकहरुले यस शोधका लागि अस्टेलियाको वेस्टर्न युनिभर्सिटीका १५० छात्राहरुमा अभ्यास गरिएको थियो। ती छात्राहरुले एक शोधपत्रमा आफ्नो प्रेम जीवनका बारेमा जानकारी लेखेका थिए । यसपछि ती छात्राहरुको डीएनए जाँच गरियो र उनीहरुको शरीरमा मौजुद जीनको विविधता पत्ता लगाइयो जसले रोगप्रतिरोधक क्षमता बढाउने गर्दछ ।

यो अभ्यासबाट जीनमा जति विविधता हुने गर्दछ रोगसंग लड्ने क्षमता पनि त्यति नै बढी हुने पत्ता लागेको हो । र, जब यी नतिजाको सर्वेबाट प्राप्त जानकारीसंग भिडाइयो तब जुन महिलाको शरीरमा हिस्टोकम्पेटिबल जीनमा अधिक विविधता पाइयो उनीहरुले बढी पुरुष मित्र प्राप्त गरेका थिए । जुन महिलाको शरीरमा जीनको विविधता कम थियो उनीहरुमा आफूप्रति आकर्षित गर्ने क्षमता पनि कम थियो ।

यो जिनेटिक विविधता महिलामा आफ्नो अभिभावकबाट प्राप्त हुने गर्दछ । त्यसैले यदि कुनै महिला पुरुषलाई आकर्षित गर्न सक्दैनन् भने यसको दोष आफ्नै अभिभावकलाई दिन सक्नेछन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..