आमा ! सिंगो संसार समेट्ने शब्द, आमाहरुका यी रेकर्ड थाहा छ ?

आमा ! यो छोटो शब्दभित्र पुरा संसार र कयौ जीवन समेटिएको छ। यो लेख तिनै आमाहरुमा समर्पित छ जसले हर कठिनाइको सामना गर्दै आफ्ना सन्तानलाई जन्म दिए।

सबैभन्दा कम उमेरकी आमा

पेरुकी लिना मेडिनाको उमेर जब ५ वर्षको मात्र थियो । एक दिन उनका अभिभावक उनलाई डा. गराल्डो लोजाडाकोमा जचाउन लिएर गए । उनीहरुले डाक्टरलाई आफ्नो छोरीको पेट बढ्दै जानुको कारण सोधे । उनीहरुले भने यसमा प्रेतको छांया परेको छ।

डा. गेराल्डोले सोचे लिनाको पेटमा कुनै गांठो परेको हुनसक्छ । तर चांडै नै डा. गेराल्डोलाई आफूले वर्षौ गरेको अभ्यासमा सबैभन्दा ठुलो झट्का लाग्यो । लिना गर्भवती थिइन् र उनको पेटमा आठौ महिनाको बच्चा थियो । १४ मे १९३९ मा लिनाले एक स्वस्थ बच्चा जन्माइन् । बच्चा २.७ किलोग्रामको थियो । त्यस बच्चाको नाम गेराल्डो राखियो । वर्षौसम्म उसले लिनालाई दिदीका रुपमा ब्यवहार गरेको थियो। लिनाले पनि आफ्नो बच्चाको पिताको नाम सधै गोप्य नै राखिन्।

सबैभन्दा बढी उमेरमा जुम्ल्याहको जन्म

भारतकी ओमकारी पंवारको चहना एउटा बच्चा जन्माउने थियो । तर उनी ७० वर्षकी थिइन्। उनका पति चरणसिंह पंवारलाई पनि आफ्नो उत्तराधिकारी चाहिएको थियो । चरणसिंहले आफ्नो सबै कुरा बेचेर ओमकारीको आइवीएफ उपचार गराए । अन्ततः उनीहरुको इच्छा पनि पुरा भयो । ओमकारीले जुम्ल्याहा बच्चा जन्माइन्। त्यसमध्ये एक छोरा एक छोरी थिए ।

सबभन्दा कम उचाईकी आमा

स्टेसी हेराल्डः उनको लम्बाई हो २ फुट ४ इञ्च । के यति कम उचाई भएकी महिला आमा बन्न सक्छिन्? सम्भव छैन(चिकित्सकहरुले यसै भनेका थिए । तर स्टेसीले उनीहरुको कुरा सनेको नसुनेकै गरिन् । उनले दुई स्वस्थ बच्चा जन्माइन्। उनी पुनः गर्भवती छिन्। उनका पति विल हेराल्ड यसबाट निकै खुसी छन्। त्यसो त विलको उचाइ ५ फिट ९ इञ्च छ।

संसारकी प्रथम पुरुष आमा

थोमस बीटीः थोमस जन्मैले महिला थिइन् । तर पछि हार्मोन परिवर्तन र अंग परिर्वत गरेर उनी पुरुष बनिन् । तर थोमसको शरीरमा गर्भाशय कायमै थियो । थोमस कानुनी रुपमा पुरुष हुन तर उनले २९ जुनमा एक छोरी जन्माइन् । अब थप एक बच्चाको चाहनामा छिन उनी।

सबैभन्दा धेरै बच्चाकी आमा

वेलेंटाइना वास्सिलेवः रुसकी यि महिलाले सन् १७२५ देखि १७६५ सम्म कुल ६९ बच्चा जन्माइन् । कुल २७ पटक उनलाई प्रशुति गराइएको थियो । उनले १६ जम्ल्याहा जन्माइन्। ७ पटक तीन तीन र ४ पटक चार बच्चालाई जन्म दिएकी थिइन्।

एकसाथ धेरै बच्चा

नाद्या सुलेमान डेनिसः यिनलाई मानिसहरु अक्टोमोम पनि भन्ने गर्दछन्। जनवरी २००९ मा नाद्याले एक साथ ८ बच्चा जन्माइन् । नाद्याले एक साथ ८ बच्चा जन्माएको खबर विश्वभरको भिडियामा फैलियो । जहांकहींका मानिस आश्चर्यमा परे। यसमा यस्ता मान्छे पनि थिए जसले नाद्याको विरोध समेत गरे । नाद्या पहिला नै ६ बच्चाकी आमा हुन् । जतिबेला उनले ८ बच्चा जन्माइन् त्यतिबेला उनीसंग कमाउने कुनै बाटो थिएन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..