देउवाको यस्तो अफर मानेनन् प्रचण्डले

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् ।

काग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ बर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए ।

प्रचण्डले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ बर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा जानकारी दिए ।अन्नपूर्ण पोष्टमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..