यदि तपाईलाई बारम्बार डकार आइराख्छ भने तपाईलाई हुन सक्छन् यी समस्याहरु

जब तपाई पेटभर खाना खानुहुन्छ, त्यसपछि तपाईलाई डकार आउँछ । डकार पेट भरीएको संकेत पनि हो । यो हाम्रो पाचन तन्त्रको एक भाग पनि हो । कहिलेकाहिँ धेरै डकार आयो भने समस्या पक्कै पनि हुन्छ । के तपाईलाई थाहा छ डकार आउनुको पछाडी कैयौँ कारण हुन सक्छन् । कहिलेकाहि डकार यति आउँछ की तपाईलाई श्वास फेर्न पनि गाहृो हुन्छ । जान्नुहोस् डकार आउनुको यी कारणको बारेमा ।

ठुलो गास लिँदा

जब तपाई ठुलो ठुलो गास लिनुहुन्छ अनी कम चपाउनुहुन्छ भने भोजन पच्न समय लाग्छ । अनी तपाईलाई बारम्बार डकार लाग्छ ।

खाने समयमा हाइ गर्नाले

यदि तपाई खाना खाँदै गर्दा हाइ गर्नुहुन्छ भने पेटमा बाहिरी हावा जान्छ । अनी यसले तपाईको पेटमा ग्यासको काम गर्छ जसले तपाईलाई बारम्बार डकार्न बाध्य गर्छ ।

पाचन प्रणाली खराब छ भने

तपाईको पेटमा पाचन प्रणाली कमजोर वा खराब छ भने तपाईको पेटमा ग्यास बन्न सक्छ जसले तपाईलाई बारम्बार डकार आउँछ ।

अन्य चिजहरु

 

कैयौ भोजनहरु जस्तै फास्ट फुड, जंक फुड, गोपि, मटर अनी ड्रिङ्स पिएपछि डकारको समस्या धेरै हुन्छ ।

धुम्रपानको कारण

जब तपाई बिडी अथवा सिगरेट पिउनुहुन्छ, त्यसलाई भित्र तान्नुहुन्छ भने तपाईको पेटमा हावा भरीन्छ जसकारण तपाईलाई डकारको समस्या हुन सक्छ ।

नक्कली दाँतको कारण

यदि तपाईले नक्कली दाँत लगाउनुहुन्छ भने तपाईको दाँतको बिचमा ग्याप बन्छ । जसकारण तपाईले खाना खाने समयमा पेटमा हावा जान्छ । यो पेटको यो हावा डकारको कारण बन्न सक्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..