महिलाको कपडामा किन खल्ती हुँदैन ? खल्ती राख्नै नहुने हो ? कहिलेबाट हरायो महिलाको खल्ती ?

विगत केही वर्षयता महिलाहरुको फेशनमा ठुलो परिवर्तन आएको छ। निकै कसिलोदेखि जामा टाइपको कपडासम्म र लेड मिक्स मेकअप उत्पादनदेखि प्राकृतिक उपचारसम्म सबै कुरा परिवर्तन भइसकेको छ।

अहिलेको समयमा महिलाहरुले ट्राउजर लगाउनु निकै सामान्य कुरा भइसकेको छ र अब त अधिकांश महिलाहरु वार्डरोबमा जीन्स र ट्राउजरमा देखिने गर्दछन् ।

यी तमाम राम्रो परिर्वतनका बावजुद यस्तो किन छ कि अहिले पनि महिलाहरुको कपडामा एकप्रकारको खल्ती हुँदैन ? प्रश्न विगत केही दिनयता भाइरल भयो जब एक अमेरिकी लेखिका हीदर केजिन्सकीले एउटा ट्वीट गरेर खल्तीको मुद्दा उठान गरिन् ।

‘कृपा गरेर महिलाहरुको पाइन्टमा पनि खल्ती बनाइयोस’

उनले लेखिन्–हे भगवान, मेरी तीन वर्षकी छोरी निकै रिसाएकी छन् किनभने उनको ड्रेसमा खल्ती छैन र जुन खल्ती छ त्यो पनि मात्र नाम मात्रको छ । उनीसँग कति कुरा यस्ता हुन्छन् जुन उनी खल्तीमा राख्न चाहन्छिन् । कृपा गरेर महिलाहरुका लागि पनि खल्ती बनाइयोस् ।

यद्यपि उनको यो अपिलपछि कयौले कमेन्ट गर्दै लेखेका छन् कि बजारमा कयौ प्रकारका यस्ता ड्रेस छन् जुन महिला र पुरुष दुवैले समान ढंगले लगाउन सक्दछन् र जसमा खल्ती पनि हुन्छ । जबकि धेरै यस्ता मानिस पनि छन् जसको भनाइ छ कि महिलाहरुको कपडामा खल्ती नहुनु एउटा समस्या हो । र यो मात्र बालिका होइन, वयस्कका साथ पनि लागु हुन्छ ।

सामान्यतः महिलाहरुको कपडामा यस्ता खल्ती हुन्छन् जुन देखाउनका लागि मात्र हुन्छ । वा फेरि ड्रेसलाई राम्रो देखाउनका लागि मात्र हुन्छ ।

हिदरको पोस्टको असर

पछि हिदरले ट्वीट डिलेट गरिन् र उनले लेखिन् कि–कुरा मात्र खल्तीको होइन, यसका अलावा धेरै यस्ता कुरा छन् जसलाई लिएर म चिन्तित छु। मेरा सन्तान, बदलिदो मौसम, नश्लभेद, नेट–न्युट्रैलिटी । अमेरिकी गणराज्य, स्कुल, फन्ड, स्कुलमा हुने फायरिङ, यौन हिंसा, रोयल बेबी ।

हामी मान्न सक्छौ कि कयौ अरु ठुला समस्या छन् । तर उनको पोस्टले कयौलाई झकझक्याउने काम गरेको छ। महिलाहरुको ड्रेसेजमा राम्रो खल्तीको कमी रहँदै गर्दा महिलाहरुको जिन्दगीमा अरु समस्या बढ्ने गर्दछ ।

महिलाहरुको मुद्दामा काम गर्ने कैरोलिन क्रियाडो पेरेजले पनि यो मुद्दा सन २०१६ मा उठाएकी थिइन् । एकातिर जहाँ अहिले फेशनको चरणमा महिलाहरुको कपडामा खल्तीको कमी देखिएको छ भने अर्कातिर दुवै विश्वयुद्धका क्रममा महिलाहरुको कपडामा खल्ती हुने गर्दथ्यो ।

‘हो, उनीहरुको कपडामा पर्याप्त खल्ती हुने गर्दथ्यो र त्यो यति ठुला हुन्थे कि त्यसमा कुनै पनि सामान सजिलै राख्न सकिन्थ्यो ।’

विश्वयुद्धपछि

युद्धपछि महिलाहरुको ड्रेस रेन्जमा एउटा ठुलो परिवर्तन आयो र स्कर्टको चलन सुरु भयो । विस्तारै विस्तारै खल्तीको चलन कम हुन लाग्यो ।

सन् १९५४ मा क्रिस्टिन डायोरले भनेकी थिइन् कि पुरुषको पहिरनमा खल्ती विभिन्न वस्तु राख्नका लागि हुन्छ, जबकि महिलाहरुका लागि यो मात्र सजावटको कुरा हो ।

विस्तारै विस्तारै खल्तीको तलन महिलाहरुको कपडाबाट हट्दै गयो र त्यसको साइज छोटो हुँदै गयो । ठिक त्यही समयमा ब्यागको चलन सुरु भयो ।

तर, अब २०१० मा जबकि महिलाहरुलाई आफ्नो स्मार्टफोन राख्ने र क्रेडिट कार्ड राख्नुपर्ने भयो तब महिलाहरुलाई खल्तीको कमी महशुस भयो ।

यो निकै लज्जाको कुरा हो । महिलाहरुका लागि पनि यो जरुरी छ। काइली भन्छिन् कि डोंगरी पकेट एउटा राम्रो विकल्प हो । तर हरेकले ८० को दशकको फेशन लगाउन मन पराउने छैन ।

यस्तोमा प्रश्न उठ्छ कि के फेशन जगतले कहिल्यै पनि महिलाको फेशन बुझ्ने छ ? त्यसो भए तपाई नै भन्नुस कि महिलाहरुको पहिरनमा खल्तीको मुद्दामा तपाई कतापट्टि हुनुहुन्छ ? बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..