सिण्डिकेट पक्षधर यातायात व्यवसायीको हड्ताल यात्रु मर्कामा

काठमाडौ । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले सरकारको कदमको विरोध गर्दै हड्ताल गरेका छन् ।

उनीहरुको आह्वान गरेको बन्दका कारण देशभरको यातायात सेवामा असर परेको छ ।सिण्डिकेट तोड्न सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका सबै यातायात समितिलाई कम्पनीमा जानुपर्ने समयसीमा सहितको निर्देशन दिएपछि सिण्डिकेट पक्षधारी व्यवसायीले आन्दोलन घोषणा गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा सिण्डिकेटधारी यातायात संघ तथा समितिहरुले गाडी बन्द गरेका हुन् । सरकारले गाडी नचलाउनेको रुट परिमिट तत्काल खारेज गर्ने चेतावनी दिएपनि हड्तालले यात्रुलाई समस्या परेको छ ।

काठमाडौबाट बाहिर जाने गाडीहरु पनि आज गएका छैनन । सरकार सिण्डिकेटविरुद्ध उभिएपछि यातायात व्यवसायी चरणवद्ध आन्दोलनमा छन् । गाडी नचलाएर सेवा नदिने सार्वजनिक सवारीको रुट परमिट नै खारेज गर्ने चेतावनी भने यातायात व्यवस्था विभागले दिएको छ ।

अत्यावश्यक सेवामा हड्ताल गर्ने सवारीको विवरण संकलन गर्ने गृह प्रशासनले जनाएको छ भने विभागले पनि टोली खटाइने जनाएको छ ।सेवा रोक्ने सवारीको विवरण लिएर रुट परमिट खारेज गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराईले चेतावनी दिएका हुन् ।

समितिका गाडी नचलेका स्थानमा कम्पनीका बस चलाइने व्यवस्था मिलाइएको जनाइएको छ ।सरकारले हालैमात्र अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने गरी राजपत्रमा सूचना समेत निकालेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..