३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न अपिल, ह्याक हुन सक्ने चेतावनी

सामाजिक सञ्जाल साइट ट्वीटरले आफ्ना गरिक ३३ करोड प्रयोगकर्तालाई आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न अपिल गरेको छ।

यद्यपि ट्वीटरले यसो पनि भनेको छ कि आन्तरिक जाँचमा पासवर्ड चोरी भने भएको छैन । नत त्यसको गलत प्रयोग नै भएको छ। तर सावधानी अपनाउँदै सबै प्रयोगकर्तालाई आफ्नो पासवर्ड परिवर्तन गर्न अपिल गरेको छ ।

तर यसबाट कति पासवर्ड प्रभावित भए, कम्पनीले अहिलेसम्म केही भनेको छैन । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै ट्वीटले भनेको छ कि यो गल्ती केही साता पहिला थाहा भएको थियो । ट्वीटरका कार्यकारी निर्देशक जैक डोर्सेले ट्वीट गरेर भनेका छनः

एउटा प्राविधिक कमजोरीका कारण केही पासवर्ड कम्पनीको आन्तरिक कम्प्युटर सिस्टममा स्टोर भएको थियो । ट्वीटरले एउटा ब्लगमा भनेको छ कि हामीलाई यो कुराप्रति खेद छ कि यस्तो भयो ।

प्रयोगकर्ताहरुलाई प्रयोगकर्ताहरुलाई एकाउन्ट ह्याक हुनबाट बचाउनका लागि दुई स्तरीय प्रमाणिकताको पालना गर्न पनि सुझाव दिएको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..