
काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले नयाँ गाडी खरिद गरेका छन् । उनले टाटाको हेक्जा गाडी खरिद गरेका हुन् । यो महङ्गो गाडीमा पर्छ । यसको बजार मूल्य झण्डै ८० लाख पर्छ ।
दीपकराजले किनेको यस्तो महङ्गो गाडीलाई कलाकार तथा नायिका दीपाश्री निराैलाले ‘राजाको सवारी’ भनेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नयाँ गाडी तथा सोही गाडीसँगै आफू र दीपक बसेको फोटो पोष्ट गर्दै दीपाले ‘राजाको सवारी’ स्टाटस लेखेकी हुन् ।