प्रचण्डले भने-कम्युनिष्ट एक नभए मुलुक अराजकताको भुमरीमा पर्ने खतरा

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ठ एकतामा ढिलाई गरे मुलुक अराजकताको भुमरिमा पर्ने खतरा रहेको बताउनु भएको छ।

शुक्रबार राजधानी काठमाण्डौमा आयोजित कार्लमाक्र्सको जन्म द्धिशतवार्षिकी समारोहलाई सम्बोधन गर्दे उहाँले मुलुक, जनता र इतिहासको नया आवश्यकतालाई आत्मसाथ गर्न नसक्ने हो भने प्राप्त उपलब्धि गुम्न खतरा रहेको बताउनुभएको हो ।

एकता नभए मुलुक फेरी ७० बर्ष पछाडि धकेलिने र अराजकताको भुमरिमा फस्कने उहाँको तर्क थियो । एक जना विद्धानले केही समय पछि नेपालको अस्तित्व नै खतरामा पर्न सक्ने बताएको उल्लेख गर्दे उहाँले मुलुकको रक्षा गर्दे आर्दश र स्वर्णीम समाजको परिकल्पना लाई साकार पार्न सबै नेताले क्रमभंगतालाई स्वीकार्नु पर्नेमा जोड दिनुभयो ।

निरन्तरतामा क्रमभंगता नगरेसम्म मुलुकको सम्वृद्धि हासिल हुन नसक्ने भन्दै उहाँले आग्रह र पुर्वाग्रहबाट माथि उठेर एक पटक श्रमजीवी वर्गका लागि समर्पित हुने संकल्प गर्न सबैलाई आव्हान गर्नुभयो । नेताहरुले आफुलाई सांच्चै नेता हो भन्ने सावित गर्न विचारको विकासमा निरन्तरतामा क्रम भंग हुन्छ भनेर बुझ्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मुलुकलाई असफल हुनबाट बचाउन केही दिन भित्रै कम्युनिष्ठ एकता हुने उद्घोष गर्नुभयो ।

कम्युनिष्ट नेताहरुमा पछिल्लो समय कार्लमाक्र्सको विचार, सिद्धान्त र आर्दशप्रति अनास्था र बुर्जुवा स्वार्थ प्रति आकर्षण बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपालमा मात्रै नभई विश्वभर नै कार्लमाक्र्सको विचार, सिद्धान्त र आर्दश स्खलन हुदै उपभोक्तावादी, व्यक्तिवादी चिन्तनको विसंगतिले टाउको उठाउदै गएको बताउनुभयो । उहाँले माक्र्सवादको अध्ययन तथा चिन्तन गर्ने संस्कृति सत्तारोहणपछि चिन्ताजनक ढंगले उपभोक्तावादको अध्ययन गर्ने भयानक रोगमा परिणत भएको पनि बताउनुभयो ।

नेतृत्व र कार्यकर्तापक्ति कार्लमाक्र्सको सिद्धान्त, विचार, मुल्य र मान्यतामा गम्भीर भएर नलाग्ने हो भने कम्युनिष्ठ प्रतिको जनताको आकर्षण विकर्षणमा परिणत हुन बेर नलाग्ने संसय पनि उहाँले व्यक्त गर्नुभयो । नेताहरुमा स्खलित हुदै गएको कम्युनिष्ट चिन्तनका कारण जनतामा भित्र भित्रै कम्युनिष्ठ प्रति नै विकर्षण पैदा हुदै गएको र जनताले नै त्यस्ता नेताको अन्त्य गरेका उदाहरण विश्वका कयौ मुलुकमा देखिएको भन्दै उहाँले त्यस तर्फ गम्भीर बन्न आग्रह गर्नुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..