मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।

शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु-याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले बताउनुभयो । बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..