एउटा मन्त्रः जसको जपबाट हट्न सक्छ खराब समय र हुन सक्छ धनलाभ

ज्योतिषशास्त्रमा राहुलाई छायाँ ग्रह मानिएको छ। यो एउटा रहस्यमयी ग्रह पनि हो । यसका कारणबाट जीवनमा अचानक ठुलाठुला उतारचढावको सम्भावना रहने गर्दछ ।

यदि कसैको कुण्डलीमा राहुको स्थिति अशूभ छ भने उक्त व्यक्तिले सजिलै सफलता प्राप्त गर्न सक्दैन । उ अनेक समस्यामा परिरहन्छ । कुनै पनि काममा सही मानसिकता बनाउन पाउँदैन र सही समयमा सही निर्णय पनि लिन सक्दैन । ज्योतिषशास्त्रका अनुसा राहुको दोष हटाउनका लागि विशेष उपाय छन्ः

राहु अशूभ रहेको संकेत

यदि तपाईको कुण्डलीमा राहु दोष छ भने तपाईमा मानसिक तनाव, आर्थिक क्षति, आफ्नै कार्यक्षमताका विषयमा भ्रम, आपसी तालमेलको कमी, कुराकुरामा रिस उठ्नु, बचन कठोर हुनु र कसैसँगको सामान्य कुराकानीमा पनि अपशब्दको प्रयोग गर्न लाग्दछन् । साथै यदि तपाईको कुण्डलीमा राहुको स्थिति अशूभ छ भने तपाईका नङ्ग आफै भाँच्चिन थाल्दछ ।

राहुको दोष हटाउन यो मन्त्र जप्नुस्

ह्री अर्धकायं महावीर्य चन्द्रादित्य विमर्दनम् ।
सिंहिका गर्भ सुभूतं राहुं प्रणमाम्यहम् ।
ऊँ भ्रां भ्रीं भ्रौं सः राहवे नमः ।
ऊँ शिरोरुपाय विद्यहे अमृतेशाय थीमहि तन्नो राहु प्रचोदयात् ।

राहुका लागि यो मन्त्रको जप रातको समयमा गर्नु जरुरी छ। घरमा रहेको मन्दिरमा कालभैरव वा शिवजीको पूजा गर्नुस् । यहाँ बताइएको राहु मन्त्र यदि तपाई चाहनु हुन्छ भने रातमा १८ हजारपटक लगातार ४० दिनसम्म जप गर्नु सक्नु हुनेछ । यदि तपाई चाहनु हुन्छ भने मात्र यो मन्त्र ऊँ भ्रां भ्रीं भ्रौं सः रावे नमः को जम मात्र पनि गर्न सक्नु हुन्छ ।

यस्ता कुरा दान गर्न सक्नु हुनेछ

राहुका लागि रत्न, सुन, तील, तोरीको तेल, नीलो कपडा, कालो फूल, तरबार, कम्बल, घोडा आदि वस्तु दान गर्न सक्नु हुनेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..