ध्यानमा रहेको ५५० वर्ष पूरानो कङकाल, अहिले पनि कपाल र नङ्ग यसरी बढिरहेछ

हामीले रामायण र महाभारतमा यस्ता कयौ कथा सुनेका छौ, जसमा ऋषिमुनिहरु हजारौ वर्षसम्म तपस्या गर्दछन् र भगवान प्रकट हुन्छन् र उनीहरुले मोक्ष प्राप्त गर्दछन् ।

एउटा यस्तै कथा तिब्बतबाट दुई किलोमिटर टाढा रहेको गाउँ गीयुको हो । यहाँ एक जना बौद्ध भिक्षु करिब ५५० वर्षदेखि तपस्यामा लिन छन् । आश्चर्यको कुरा अहिले पनि भिक्षुको रौं र नङ्ग भने बढिरहेको छ। यसैका कारण स्थानीयहरु यसलाई कङ्काल पनि मानिरहेका छैनन् ।

पहिलो कथा

–गाउँबासीहरुका अनुसार बौद्ध भिक्षुको यो कङ्काल गाउँको एउटा स्तुपामा थियो। भग्नावशेषबाट निकालेपछि यसको जाँच गरियो । जाँचबाट थाहा भयो कि यी भिक्षु त करिब ५५० वर्ष पुराना हुन् र ध्यानको मुद्रामा बसेका छन् ।

–विज्ञहरुले देखे कि भिक्षुको मृत शरीर, बिना कुनै लेप जमिनमा रहेर पनि खराब भएको थिएन ।

–यही गाउँका केही वृद्धवृद्धाका अनुसार धेरै वर्षदेखि सुन्दै आएअनुसार १५औं शताब्दीमा गाउँलाई विपतबाट बचाउन एक जना सन्त घोर तपस्यमा बसेका थिए।

–वृद्धवृद्धाका अनुसार गाउँमा केही बिच्छुहरुले आक्रमण गरेका थिए । आक्रमणबाट बचाउनका लागि सन्त ध्यान गर्न लागे । उसले समाधि लिने बित्तिकै गाउँ बिच्छुको आतंकबाट मुक्त भयो ।

दोस्रो कथा

–केही स्थानीयका अनुसार यो कङ्काल बौद्ध भिक्षु सांगला तेन्जिङको हो । तिब्बतबाट भारत आएपछि यही गाउँमा आएर उनले ध्यान बसेका थिए र त्यसपछि कहिल्यै उठेनन् ।

–कङ्कालको कपाल र नङ्ग भने अहिले पनि बढिरहेको देख्न सकिन्छ । उनी अहिले पनि ध्यानमा छन् र जिवितै छन् ।

–गाउँबासीका अनुसार एकपटक कङ्कालको टाउकामा कोदालो लाग्दा रगत पनि निस्केको थियो । चोटको निशान अहिले पनि स्पष्टसँग देख्न सकिन्छ ।

–यद्यपि अहिले स्थानीयले यसलाई सबैले धरोहर मान्दै पुनः गाउँमा स्थपित गरेका छन् । भिक्षुको कङ्काललाई एउटा शिशाको क्याबिनमा राखिएको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..