यो हो डेथ रोड, जहाँ वर्षेनी तीन सयको मृत्यु हुन्छ

संसारमा यस्ता पनि सडक छन् जहाँ यात्रा गर्नुको मज्जा नै बेग्लैछ । यस्ता सडकले स्थानीयका साथै पर्यटकको ध्यान पनि आकर्षित गर्ने गरेको छ।

तर, यही संसारका कतिपय स्थानमा यस्ता सडक पनि छन् जहाँ यात्रा गर्नुको अर्थ मृत्युलाई पुकार्नु हुनेछ । यसका बावजुद पनि यस्ता सडकमा मानिसको आवतजावत चलिनै रहन्छ ।

नर्वेको ‘ट्रालस्टिगन’ पनि यस्टै सडक हो । जुन संसारभर सबैभन्दा खतरनाक सडकको रुपमा चर्चित छ। यसलाई ‘रोड अफ डेथ’ या डेथ रोडको नामले पनि चिन्ने गरिन्छ । यो एउटा पहाडी रोड हो । जसले नर्वेको राउमा सहरको अन्डाल्सनेस र नार्डलको वर्डाल गाउँलाई जोड्दछ ।

यो सडकमा दैनिक करिब २५ सय मानिस ओहोरदोहोर गर्दछन् । यस पहाडबाट एउटा झरना पनि निस्कने गर्दछ । जुन अत्यन्तै सुन्दर छ । यो झरना ३२० मिटर उच्च पहाडबाट तल झर्दछ ।

एक अनुमानअनुसार हरेक वर्ष यहाँ २ देखि ३ सय मानिस मर्ने गर्दछन् । सडकको सबैभन्दा डेन्जर पोइन्टमा मार्किङ गरिएको छ । पानी, धुलो र माटोका कारण भिजिबिलिटी निकै कम हुने गर्दछ । त्यही कतिपय स्थानमा सडक भत्केको पनि छ। जसका कारण दुर्घटनाको सम्भावना बढ्दछ ।

यद्यपि आवश्यकता अनुसार बेलाबेलामा सडक मर्मत पनि गरिन्छ । त्यतिबेला यो सडकमा आवतजावत बन्द गरिन्छ ।

यो सडकको निर्माण कार्य सन् १९२८ मा सुरु भएको थियो । यो सडक आठ वर्ष लगाएर निर्माण कार्य पूरा गरिएको हो । यो सठकको उद्घाटन ३१ जुलाई १९३६ मा किङ आकोनले गरेका थिए । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..