अमिताभ बच्चनका नातिसँग डेटिङ गइन् शाहरुख खानकी छोरी, फोटोहरु भाइरल

शाहरुख खानकी छोरी सुहाना खान बलिउडकी चर्चित स्टारकिडमध्येकी एक हुन् । पछिल्लो समय उनी डिनर डेटिङको फोटोका कारण चर्चामा छिन् । हालै उनको एक फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । यो फोटोमा सुहाना अमिताभ बच्चनका नाती अगस्त्य नन्दासँग छिन् ।

अगस्त्य अमिताभकी छोरी श्वेता नन्दाका छोरा हुन् । उनी नव्या नवेलीका भाइ हुन् । सुहाना र अगस्त्य सानैदेखिका परिचित र मिल्ने साथी हुन् । उनीहरु मात्र नभइ उनीहरुका अभिभावक पनि नजिकका मित्र हुन् । गौरी खान र शाहरुखलाई श्वेता नन्दा, अमिताभ बच्चन, जया, अभिषेक ऐश्वर्यासँग विभिन्न कार्यक्रममा देखिएको छ । शाहरुखका छोरा आर्यन र नव्या नवेली पनि मिल्ने साथी हुन् । अगस्त्यलाई बलिउडमा धेरै चासो छ । हालै उनले एउटा शर्ट फिल्म बनाएका छन् जसलाई हेरेर अमिताभ जयाले निकै तारिफ गरेका छन् । अमिताभले उनलाई छिटै बलिउडमा ल्याउन सक्ने सम्भावना छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..