एकै पटक ७९ एसपीको सरुवा,कसको सरुवा कता ? (नामसहित)

काठमाडौं,बैशाख २३ – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना एसपीको सरुवा गरेको छ। प्रधान कार्यालयले सूचना निकाल्दै एकै पटक ठुलो संख्यामा प्रहरी उपरीक्षक(एसपी) सरुवा गरेको हो ।

सूचीअनुसार नेपाल प्रहरीमा महत्वपूर्ण मानिएको कर्मचारी प्रशासन महाशाखामा चन्द्रकुवेर खापुङ आएका छन् भने एसपी रेवती ढकाललाई पर्सामा पठाइएको छ । चितवनमा सुशील राठौर, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ। कैलालीका एसपी अर्जुन चन्द ठकुरी केन्द्रीय कार्यालयमा सरुवा भएका छन्।

कास्कीका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ। अख्तियारका एसपी उमाप्रसाद चतुरदेवीलाई सुर्खेत पठाइएको छ।लामो समयदेखि सरुवा रोकिएको थियो

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..