यस्ता छन् युवती फसाउन केटाहरुले बोल्ने सात झुट

युवाहरु कुनै युवती मन परेको खण्डमा हरहालमा प्राप्त गर्न चाहन्छन् । त्यसका लागि यदि झुट बोल्न परे पनि युवाहरु त्यसका लागि पछाडि पर्दैनन् । यो अवस्थाबाट शायद तपाई स्वयम पनि गुज्रनु भएको हुन सक्छ । यस्तो अवस्थामा कस्ता झुट बोल्छन् त युवाहरु ? युवती लोभ्याउन युवकहरुले बोल्ने सात झुट यस्ता छन्ः

१. सुरुवाती कुराकानीमा युवकहरु अक्सर युवतीहरुसँग उनीहरुको मन पर्ने नपर्ने कुरा गर्दछन् । एकपटक उनीहरुको रुची थाहा पाएपछि त्यो कुरा पनि उसको मन पर्ने र नपर्ने सूचीमा आउँछ । युवतीहरुलाई इम्प्रेस गर्नका लागि केटाहरु अक्सर यो झुट बोल्ने गर्दछन् ।

२. अधिकांश केटाहरु आफ्नो विगत शेयर गर्न मन पराउँदैनन् । उनीहरु आफ्नो पूरानी गर्लफ्रेण्डका बारेमा युवतीको स्वभावअनुसार झुट बोल्ने गर्दछन्।

३. फिटनेशका बारेमा पनि अधिकांश केटाहरु झुट नै बोल्ने गर्दछन् । एक मिनेटमा ४० पुशअप गर्ने गफ हाँक्छन् वा दौडलाई बढाई चढाई गरेर बताउँछन् । युवती पट्याउनका लागि मानिसहरु फिटनेशको विषयमा झुट बोल्छन्।

४. हरेक पुरुष आफ्नो सैलरीको हिसावले बढी खर्च देखाउने गर्दछन् । आफ्नो परिवारको स्टेटसका बारेमा पनि बढाई चढाई कुरा गर्नु केटाहरुको बानी हो ।

५. युवतीका साथीहरुलाई मन पराउने नाटक पनि केटाहरु खुवै गर्ने गर्दछन्।

६. पुरुष भलै युवतीलाई सधैं नसम्झोस् तर सोधेबा बखत उसकै यादमा हराइरहने गरेको बताउन भने पछि पर्दैनन् ।

७. अधिकांश पुरुषले सुरुवातमा स्वयमलाई फेमिनिस्ट देखाउँछन् भलै यसलाई त्यसको अर्थ नै थाहा नहोस् । तर कुल देखाउनका लागि पुरुषले यसो गर्ने गर्दछन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..