मोजा लगाउँदा यी पाँच कुरामा ध्यान दिनुस्, नत्र समस्या सिर्जना हुन सक्छ

व्यवसायिक जीवनमा मोजा लगाउनु हाम्रो दिनचर्याको एउटा हिस्सा हो । तर मोजा लगाउने बेला यो कुरामा ध्यान दिन अत्यन्तै जरुरी छ कि त्यसलाई तपाईको खुट्टालाई अप्ठ्यारोमा नपारोस् । यदि तपाई खुट्टालाई अप्ठ्यारोमा पार्ने गरी मोजा लगाउनु हुन्छ भने तपाईलाई यस्ता पाँच हानी हुने निश्चित छ:

१. बढी नै अप्ठ्यारो खाले मोजा लगाउँदा तपाईको खुट्टामा सूजन आउन सक्छ । साथै रक्तसंचार तिब्र हुँदा मनमा अशान्ति र शरीरमा अचानक अत्यधिक गर्मी लाग्नेजस्ता समस्या हुन सक्दछ ।

२. यदि तलाई लामो समयसम्म अप्ठ्यारो महशुस हुने मोजा लगाइरहनु हुन्छ भने खुट्टामा अड्कन हुन सक्दछ । र, एडी वा औला भएको क्षेत्र निदाउन सक्छ ।

३. खुट्टामा पसिना निस्कनुका साथै गिलोपन उत्पन्न हुँदा फंगल इन्फेक्शनजस्ता समस्या उत्पन्न हुन सक्छ, जसले खुट्टाको छाला खराब गर्न सक्छ ।

४. असहज मोजा लगाउने बानीले तपाईलाई भेरिकोज भेन्सको समस्याको शिकार बनाउन सक्छ । त्यति मात्र होइन, यदि तपाईको यो समस्या पहिलाबाटै छ भने यस्तोमा स्थिति झनै बिग्रन सक्छ ।

५. यसका साथै त्यस्तो मोजा लगाउँदा एउटा आम तर समस्यापूर्ण हानी हुन्छ, त्यसले निशान बनाउँदा चिलाउने र पोल्ने पनि हुन सक्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..