उनी यसरी आफ्नो सेक्स अनुभव ब्गलमा लेख्छिन्

के तपाईले कहिल्यै यस्तो ब्लगका बारेमा सुन्नु वा पढ्नु भएको छ जहाँ कुनै युवती आफ्नो सेक्स जीवनका बारेमा खुलेर लेखिरहेकी हुन् ।

छैन होइन ? ठिक छ आज हामी तपाईलाई यस्तो एउटा ब्लगरसंग भेट गराउने छौ । यस ब्लगकी लेखिका अज्ञात छिन् । यसको खुलासा भइसकेको छैन । तर ब्लगमा उनले आफूलाई निकै आकर्षक र आक्सब्रीज युनिभर्सिटीको विद्यार्थी बताएकी छन् । सेक्स एट आक्सब्रीज नामको उक्त ब्लगको एउटा ट्वीटर एकाउन्ट पनि छ जहाँ उनी दैनिक रुपमा अपडेट गर्दछिन् ।

ब्लगमा उनी आफनो असली नाम बताउन नसक्ने उल्लेख गर्छिन । यदि नाम उल्लेख गरेको खण्डमा आफ्नो ज्यान खतरामा पर्ने उनको भनाइ छ। उनका अनुसार नाम उल्लेख गर्दा मानिसहरुले समस्यामा पर्ने डर पनि छ। आफ्नी आमाका बारेमा उल्लेख गर्दै यी ब्लगर युवती लेख्छिन्, यदि मेरी आमालाई मेरो ब्लगका बारेमा थाहा भयो भने मलाई मार्ने छिन् ।

आफ्नो ब्लगमा यी युवतीले एक ठाउंमा लेखेकी छन् कि उनले १८ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाएकी थिइन् । उनले रबी प्लेयरका साथ रात बिताएको उल्लेख गरेकी छन् । ब्लगमा उनले लेखेकी छन्, म सेक्सका बारेमा सबै कुरा जान्न चाहन्छु । अहिलेसम्म उनले ९ अलग अलग देशका मानिससंग सम्बन्ध कायम गरेकी छन् । तर बेलायती र जर्मनका संग कसैको तुलना हुन सक्दैन । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..