तपाईलाई थाहा छ सबैभन्दा बढी हेरिने तस्वीर कुन हो ?

विण्डोज एक्सपीका साथ मनिटरमा तपाईको स्क्रीन सेभर वा डेक्सटप इमेजका रुपमा देखिने पहाडको तस्वीर संसारमा सबैभन्दा बढी हेरिने तस्वीरमध्येको एक हो । शायद तपाईलाई यसो पनि लग्न सक्छ कि यो तस्वीर डिजिटल प्रविधिको माध्यमबाट बनाइएको हो तर त्यसो होइन ।

यो तस्वीर वास्तवमा एक जना फोटोग्राफरले खिचेका हुन् । र, यो क्यालिफोर्नियाको नापा भ्यालीको पहाड हो । ब्लिसको नामबाट परिचित यो तस्वीरलाई फोटोग्राफर चक ओ रियर हाईवेले खिचेका हुन् । यो तस्वीरले चकको भाग्य पनि बदलिदिएको थियो । यो तस्वीरका लागि चकलाई ठुलो धनराशी प्राप्त भएको थियो । जुन केही सीमित फोटोग्राफरले आफ्नो जीवनकालमा यस्तो अवसर प्राप्त भएका छन्।

यो तस्वीरका बारेमा यहाँसम्म भनिन्छ कि यसलाई विण्डोजका प्रतिद्वन्द्वी कम्पनी म्याकका युजर पनि हेरेर एकअर्कालाई पठाउने गर्दछन् । यो तस्वीरका बारेमा चक भन्छन्, फोटोग्राफरलाई तस्वीर प्रसिद्ध हुँदा राम्रो लाग्छ। मैले यो तस्वीरलाई बनाइन म नै सही समयमा सही स्थानमा थिए। एजेन्सी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..