म्याद सकिएको औषधि दिएको भन्दै स्वास्थ्य चौकीमा तालाबन्दी, स्वास्थ्यकर्मीले मागे माफी

रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका २ मा रहेको खुंग्री स्वास्थ्य चौकीले औषधी वितरणमा चरम लापरबाही गरेको छ ।

उपचारका लागि स्वास्थ्य चौकी पुगेका स्थानीय आशिष भारतीलाई जाँचपछि म्याद गुज्रिएको औषधी दिइएको पाइएको छ । झाडापखाला लागेर स्वास्थ्य चौकी पुगेका भारतीको स्वास्थ्य जाँचपछि दिइएको टीजोल नामको औषधी म्याद गुज्रिएको औषधी भेटिएको हो ।

म्याद गुज्रेको औषधी दिएपछि भारतीका आफन्तले स्वास्थ्य चौकीमा ताला लगाएका थिए ।झाडापखाला निको पार्नका लागि औषधी दिए पनि औषधी सेवन गर्दा पनि नरोकिएपछि भारतीलाई थप उपचारका लागि भिंगृमा रहेको निजी मेडिकलमा लगिएको थियो ।

स्वास्थ्य चौकीले दिएको औषधीको म्याद २०१८ मार्च महिनासम्म रहेको छ ।लापरबाही गरेको भन्दै स्वास्थ्य चौकीमा तालाबन्दी भएपछि स्वास्थ्य चौकीका कर्मचारीले माफी मागेका छन् ।

कर्मचारीले गल्ती स्वीकार गर्दै माफी मागेपछि भारतीका आफन्तले ताला खोलेका वडाध्यक्ष नेत्रबहादुर गिरीले जानकारी दिए । गल्ती भएको स्वीकार गरेपछि ताला खोलिएको स्थानीय गिरिराज गिरीले बताए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..