जापानी प्रधानमन्त्री आबेलाई इजरायलमा जुत्तामा खाने दिएपछि….

जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र उनकी श्रीमती सारा नेतन्याहुका साथ मे २ का दिन जब इजरायली प्रधानमन्त्रीको आधिकारिक निवासमा डिनर गरे तब उनलाई डेजर्ट ‘जुत्ता’मा खाना दिइयो ।

इजरायलका सेलिब्रेटी शेफ मोशे सेगेभ जो प्रधानमन्त्रीका निजी भान्से पनि हुन् उनले शानदार डिनरको अन्त्यमा डेजर्टका रुपमा छानिएको चकलेट धातुबाट बनेको ‘जुत्ता’मा राखेर प्रस्तुत गरे। जापानी संस्कृतिमा जुत्तालाई अत्यन्तै अपमानजनक मानिन्छ ।

आबेले त जुत्तामा प्रस्तुत गरिएको डेजर्टलाई बिना हिच्किचाहट खाए तर जापानी र इजरायली कुटनीतिज्ञहरुलाई यो कुरा मन परेन । जापानमाथि दृष्टि राख्ने विश्लेषकहरु पनि यो देखेर आश्चर्यमा परे कि जापानी प्रधानमन्त्रीलाई खाना जुत्तामा किन प्रस्तुत गरियो ।


जापानी संस्कृतिमा जुत्ता

जापानमा लामो समयसम्म रहेका एक जना बरिष्ठ कुटनीतिज्ञले इजरायली पत्रिका येदियोत अहरानोतसँग भने –यो एउटा असंवेदनशील र बेवकुफीपूर्ण निर्णय थियो ।

उनले भने–जापानी संस्कृतिमा जुत्ताभन्दा बढी तुच्छ केही पनि हुँदैन । जापानीहरु आफ्नो घरमा मात्र होइन कार्यालयमा पनि जुत्ता बाहिर जुत्ता खोलेर छिर्छन् । यहाँसम्म कि जापानी प्रधानमन्त्री र अन्य मन्त्री र सांसद पनि आफ्नो कार्यालयमा जुत्ता लगाएर जाँदैनन् । यो त्यस्तै हो जस्तो कुनै यहुदी पाहुनालाई सुगुरको आकारमा खाना प्रस्तुत गरिन्छ ।

एक जना जापानी कुटनीतिज्ञले येदियोतसँग भने–कुनै पनि संस्कृतिमा जुत्ता टेबुलमा राखिँदैन । अन्ततः भान्सेको दिमागमा के चलिरहेको थियो । यदि यो ठट्टा थियो भने हामीलाई यो रोचक लागेन । हामी आफ्नो प्रधानमन्त्रीका साथ भएको यसप्रकारको व्यवहारबाट रुष्ट छौ ।
भान्से सेगेभले आफ्नो सामाजिक सञ्जाल प्रोफाइलमा डिनरसँग सम्बन्धित तस्वीर पोस्ट गरेका छन् । जसमा जुत्तामा प्रस्तुत गरिएको डेजर्ट पनि समावेश छ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले तस्वीरमा टिप्पणी गरेका छन् –तपाईले सबैभन्दा ठुलो गल्ती गर्नुभयो ।

एक जना अन्य युजरले लेखेका छन्–यो जापानले कहिले पनि भूल्न सक्ने छैन । सेगेभ म तिमीलाई निकै माया गर्दथेँ तर तिमीले हामी सबैलाई लज्जाबोध गरायौं ।

कयौ अवार्ड जितिसकेका भान्से अर्थात शेफ सेगेभ इजरायलको मुख्य रेष्टुरेन्टका मालिक हुन् । उनले कयौ पुस्तक लेखिसकेका छन् । र उनी टेलिभिजन सेलिब्रेटी पनि हुन् । उनी ईआई एआई एयरलाइन्सका मुख्य भान्से पनि हुन् ।

शिन्जो आबे जब २०१५ मा पहिलोपटक इजरायल गएका थिए तब उनी यस्तो गर्ने पहिलो प्रधानमन्त्री थिए । आबे र नेतन्याहुको भेटघाटका क्रममा उत्तर कोरिया, इरान, परमाणु सम्झौता र इजरायल–प्यालेस्टाइनी शान्तिवार्ताका विषयमा छलफल भएको थियो । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..