थाहा पाइराख्नुस्, यस्ता सात संकेतबाट झुट वा सत्य बोलेको पत्ता लगाउन सकिन्छ

गरुड पुराणका अनुसार कुन व्यक्ति सत्य बोलिरहेको छ र कुन व्यक्तिले झुटो र कुन व्यक्तिको मनमा के चलिरहेको छ ? यो थाहा पाउनका लागि शरीरसँग सम्बन्धित केही विशेष कुरामा ध्यान दिन जरुरी हुन्छ । गरुड पुराणमा मनको कुरा थाहा पाउने विषयमा एउटा श्लोक पनि छ। श्लोकका अनुसार सात संकेतलाई बुझेर कसैको पनि मनको कुरा थाहा पाउन सकिन्छ । श्लोक यसप्रकार छ–

अकारैरिंगिलैर्गत्य चष्टया भाषितेन च ।

नेत्रवक्त्रविकाराभ्यां लक्ष्यतेर्न्गतं मनः ।।

अर्थात शरीरको १. आकार, २. संकेत, ३. गति, ४. चेष्टा, ५ वाणी, ६. नेत्र वा ७ अनुहारको भावभंगिमाहरुबाट कुनै पनि व्यक्तिको मनको कुरा बुझ्न सकिन्छ ।

शरीरको आकार

जब तपाई कसैसँग कुरा गर्नु हुन्छ तब उचाईका आधारमा उ के सोचिरहेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ । यदि उ तपाईको कुरालाई लिएर गम्भीर छैन वा झुट बोलिरहेको छ भने उसको काँध झुकेको हुन सक्छ । यदि उ कुर्सीमा बसेको छ भने तब उ विल्कुल आराम गरिरहेको अवस्थामा हुन सक्दछ ।

संकेतः शरीरले इराशा गर्नु

कसैकसैको बानी हुन्छ कि जब उनीहरु कसैसँग कुरा गर्दछन् तब आफ्नो दुवै हात वा एउटा हात चलाउने गर्दछन्, खुट्टामाथि खुट्टा राख्दछन् । यस्तो हुनु सामान्य कुरा हो, तर जब त्यही व्यक्ति कसैसँग झुट बोलिरहेको छ वा कुनै कुरा लुकाइरहेको छ भने शरीरको यो संकेतमा केही परिवर्तन देखिन सक्दछ ।यो परिवर्तनलाई ध्यान दिएर हेर्दा थाहा पाउन सकिन्छ कि उक्त व्यक्ति सत्य बोलिरहेको छ वा झुट ।

गति

शरीरको हडबडाहट, हतार वा सुस्तताबाट यो थाहा पाउन सकिन्छ कि जुन व्यक्तिसँग तपाई कुरा गरिरहनु भएको छ उ तपाईको कुरालाई लिएर कति गम्भीर छ। यदि कुरा गर्दैगर्दा कुनै व्यक्ति एकदम सुस्त देखियो भने बुझ्दा हुन्छ उ तपाईलाई आलटाल गर्न चाहन्छ र उ तपाईसँग झुट बोलिरहेको छ।

चेष्टा

कसैसँग झुट बोल्दै गर्दा वा कुनै कुरा लुकाउने बेला तपाईको शरीर अचानक नै केही यस्तो हर्कत पनि सक्दछ, जुन आमरुपमा तपाई गर्ने गर्नु हुन्न । यो कुरामा ध्यान दिएर कुनै पनि व्यक्तिले यो बुझ्न सक्दछ कि तपाई उसँग झुट बोलिरहनु भएको ट वा झुट वा फेरि उसँग कुनै कुरा लुकाइरहनु भएको छ।

वाणी

कुनै व्यक्तिले कुरा गर्ने क्रममा यदि तपाईबाट केही कुरा लुकाउँछ भने उसको बोलीमा थोरै हडबड अवश्य देखिन सक्छ । उसको स्वरमा पनि असामान्य उतारचढाव आउन सक्छ । यो तरिकाबाट पनि तपाई थाहा पाउन सक्नु हुन्छ कि उ साँचो बोलिरहेको छ वा झुट वा उसको मनमा के छ ।

नेत्र

कुनै पनि व्यक्ति केही कुरा लुकाउँदा वा झुट बोल्ने बेलामा आँखाको गतिमा परिवर्तन आउने सामान्य कुरा हो । कुनै व्यक्ति जब झुट बोल्दछ तब उसको आँखा झुकेको हुन्छ वा यताउता हेरिरहेको हुन्छ ।

अनुहारको भावभंगी

हरेक व्यक्तिको अनुहारको भावभंगी (एक्सप्रेशन) कुरा गर्ने बेलामा परिवर्तन भइरहन्छ । जब कुनै व्यक्ति झुट बोल्दछ वा कुनै कुरा गोप्य राखिरहेको छ, तब उसको अनुहारको भावहरु हेरेर यसको अन्दाजा लगाउन सकिन्छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..