वैदेशिक रोजगार ठगेर फरार रहेका पाण्डे प्रहरी फन्दामा

काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ कात्तिक ३० गतेको फैसलाले २ वर्ष कैद र २ लाख रुपैयाँ जरीवाना भई फरार रहेका जिल्ला लम्जुङ तान्द्रङटाक्सार–३ बस्ने ४४ बर्षीय हरि बहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रहरीले पाण्डेलाई सोमबार काठमाडौँ बाँसबारीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।

प्रतिवादी हरि बहादुर पाण्डे समेतले वेल्कम इन्टरनेशनल एजुकेशन फाउण्डेसन प्रा.लि नामको कम्पनी खोली वैदेशिक रोजगारीमा पठाउने ईजाजत पत्र नलिई, पिडितहरुलाई वैदेशिक रोजगारीको लागि पपुवा न्यूगिनी पठाई दिने भनि बिभिन्न मितिमा गरि जम्मा २७ लाख ४५ हजार रुपैयाँ लिई भने बमोजिमको मुलुकमा नपठाई लिएको रकम समेत फिर्ता नगरी फरार भएका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..