प्रहरी जवान पद खुल्ला प्रतियोगिताको नतिजा प्रकाशन, ७ सय ६७ जना उत्तीर्ण

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगताद्वारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा मंगलबार प्रकाशन गरिएको छ ।

प्रतियोगितामा सहभागी उम्मेद्वारहरुमध्ये ७ सय ६७ जना अन्तिम नतिजामा उत्तीर्ण भएका छन् । साथै उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य दम्मेदवारहरूले आवश्यक कागजातसहित तोकिएको कार्यालयमा सम्पर्क राख्न सूचित गरिएको छ ।

उक्त नतिजाको बिस्तृत विवरण नेपाल प्रहरीको वेवसाइटमा राखिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..