हालै जापानी प्रधानमन्त्री शिन्जो आबेलाई इजरायल भ्रमणका क्रममा डिनरपछि जुत्तामा चकलेट पस्किइयो । जसको पूरा संसारभर निन्दा भइरहेको छ।
तर तपाई यो थाहा पाएर आश्चर्यमा पर्नुहुनेछ कि संसारमा यस्ता कयौ स्थान छन् जहाँ निकै नै विचित्र र घटिया पाराले खाना प्रस्तुत गर्ने गरिन्छ । कयौ स्थानमा यो ट्रेडिशनल छ भने कतिपय स्थानमा मात्र युनिक गर्ने चाहनामा यस्तो गरिन्छ ।
उदाहरणका लागि इन्डोनेसियाको यो रेष्टुरेन्टलाई नै लिनुस् । यहाँ थालको साटो ट्वाइलेटमा भोजन प्रस्तुत गरिन्छ ।
इन्डोनेसियामा जाम्बन क्याफेको थीम हो शौचालय, जहाँ पहुनाहरुलाई भोजन शौचालयको सिटमा दिइन्छ । शौचालय आकारको प्लेटमा खाना खुवाइन्छ ।
यहाँ बस्नका लागि सिट पनि शौचालयकै छ । यो रेस्टुरेन्टको थीमको पछाडि कारण हो मानिसहरुलाई अनौठो अनुभूति गराउनु र सरसफाईका बारेमा जागरुकता ल्याउनु । एजेन्सी