सिंहदरबारमा सुर्ती-चुरोट निषेध, अब अम्बलीहरुको के होला ?

काठमाडौ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कर्यालय र गृह मन्त्रालय सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन तयार भएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसँग परामर्श गरेपछि सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध गर्न पत्राचार गरिएको उनका सचिव राजेश शर्माले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले दुई दिन अगाडि दुवै निकायलाई पत्राचार गरेको छ । नागरिकमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..