सुध्रिदै सम्बन्धः अमेरिका र उत्तर कोरियाबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालीनेता किम जोंग उनसँग १२ जुन सिंगापुरमा भेट हुने बताएका छन् ।

यही वर्ष अप्रिलमा ट्रम्पले किम जोंग उनसँग भेट गर्ने निम्तो स्वीकार गरेर विश्वलाई आश्चर्यमा पारेका छन् । एक ट्वीटमा ट्रम्पले भनेका छन्–हामी दुवै यसलाई विश्व शान्तिका लागि एउटा निकै विशेष अवसर बनाउन कोशिस गर्नेछौ ।

यसअघि डोनाल्ड ट्रम्प र किम जोंग उनले एकअर्काका लागि कयौ अपमानजनक कुरा र एकअर्काको मुलुकमाथि आक्रमण गर्ने कुरा गरेका थिए । तर दक्षिण कोरिया र उत्तर कोरियाका साथ ऐतिहासिक कुराकानीपछि दुवै नेता भेटघाट गर्न राजी भएका थिए ।

ट्रम्पले उत्तर कोरियाबाट रिहा गरिएका तीन अमेरिकी नागरिकलाई स्वागत गरेको केही घण्टापछि यस्तो घोषणा गरेका हुन्। राष्ट्रपति ट्रम्पले यी तीन अमेरिकी नागरिकलाई लिन स्वयम विमानस्थल पुगेका थिए।

उनीहरुको रिहाई डोनाल्ड ट्रम्प र किम जोंग उनबीचको भेटघाटको व्यवस्था गर्न उत्तर कोरिया पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको भ्रमणका बेला भएको हो । यसअघि अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले कहिल्यै उत्तर कोरियाली नेतासँग भेटघाट गरेका थिएनन् ।

व्हाइट हाउसले भनेको छ कि शिखर वार्ताभन्दा पहिला सद्भावनाको संकेटका रुपमा यी तीन जना अमेरिकी नागरिकको रिहाई भएको हो । राष्ट्रपति ट्रम्पका अनुसार यो वार्ता सफल हुनेछ ।

उनले भने–मलाई लागेको छ कि हामीसँग केही सार्थक गर्ने यो निकै महत्वपूर्ण मौका हो ।

यो कुराकानीको मुख्य मुद्दा उत्तर कोरियाली परमाणु हतियार हुनेछ, जसलाई अमेरिका उत्तर कोरियालाई नष्ट गर्न माग गरिरहेको छ।

एजेन्डामा वा आफ्नो प्रस्तुतीका विषयमा अहिलेसम्म उत्तर कोरिया भने मौन छ। यद्यपि प्रतिबन्धहरु हटाउने मागका साथै दक्षिण कोरियामा ३० हजार अमरिकी सैनिकको उपस्थिति पनि यो वार्तामो महत्वपूर्ण मुद्दा हुनेछ ।

अप्रिलमा किम जोंग उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने सपथ लिएका थिए ।

सिंगापुर यसअघि पनि हाइप्रोफाइल राजनीतिक घेटघाटका साक्षी बनिसकेको छ। यो दक्षिण पूर्व एसियाली सहरमा २०१६ मा चीन र ताइवानका नेताहरुबीच, दुवै देशबीच ६० वर्ष पहिला पहिलोपटक ऐतिहासिक वार्ता भएको थियो ।

अमेरिका र सिंगापुरबीच घनिस्ट सम्बन्ध छ । सिंगापुरको उत्तर कोरियाका साथ कुटनीतिक सम्बन्ध छ । तर नोभेम्बर २०१७ मा अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा गरिएपछि व्यापारिक सम्बन्ध तोडिएको थियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..