यस्तो रहेछ जनकपुर, काठमाडौ र मुस्ताङमा यस्तो छ सुरक्षा व्यवस्था

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणका लागि जनपुर, राजधानी र मुस्ताङको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको सुरक्षाव्य वस्थापनका लागि केन्द्रीय सुरक्षा कमान्ड गठन गरी राज्यका चारवटै सुरक्षा अङ्ग परिचालन गरिएको जानकारी दिएको छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी सम्मिलित सुरक्षा समितिसमेत गठन गरिएको छ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमण आज जनकपुरबाट आरम्भ हुनेछ ।

प्रधानमन्त्री मोदी दिउँसो करिब १ बजे जनकपुरबाट काठमाडाँैं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको सवारी व्यवस्थापनका लागि छिटोछरितो सवारी मार्ग अपनाइएको सुरक्षाअधिकारीहरूले जानकारी दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले सर्वसाधारणलाई असर नपर्ने गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको बताए ।

दुईदिने भ्रमणका क्रममा २८ गते दिउँसो साढे १ बजेदेखि काठमाडौँको मुख्य सडकमार्गमा सर्वसाधारणको आवतजावततथा सवारी सञ्चालनमा गाह्रो हुने देखिएको छ । वैशाख २९ गते बौद्धदेखि विमानस्थलसम्मको सडक अवरुद्ध हुनेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..