गायक सुगम पोखरेल अमेरिका ओर्लिए

सुगम पोखरेल दुई महिने संगीत यात्राको लागि अमेरिका ओर्लिएका छन् । उनि टेक्ससमा भरखर अवतरण गरेका हुन । उनि ड्यालस फोर्थ वर्थ विमानस्थल नेपाल बाट दोहा हुदै कतार विमानवाट टेक्ससको ड्यालस झरेका हुन ।

उनी युएस यात्रा २०१८ नामक कार्यक्रमको लागि आएका हुन। उन्ले ईनेप्लिज लाई जानकारी दिदै लामो समय पछि आफू पुन: अमेरिकामा प्रस्तुत गर्न लागेकोमा उत्साहित छु । नेपाली समुदायले मलाई माया गर्नु हुनेछ भन्ने आशा गरेको छु उन्ले अगाडी भने ।

आफूले मेरा प्रशंसक र दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्ने वताए । कार्यक्रम हुने राज्यका सवै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कार्यक्रममा आई दिनु हुन र आफूलाई हौसला समेत आग्रह गरेका छन ।

मेरो संसार नामक गीत बाट दुई दशक अगाडी सांगीतिक दुनियामा प्रवेश गरेका सुगम मे र जुन महिनाको लागि अमेरिका यात्रामा रहने छन् । अमेरिकाका विभिन्न २५ राज्यहरु भन्दा बढ्ता उनको प्रस्तुति हुने छ ।

अमेरिकामा उनको कार्यक्रम फ्युजन इन्टरनेसनलले नेपसिने तथा प्लानेट ३ फिल्मस् को सहयोगमा ल्याएको हो । उनको पहिलो प्रस्तुति अमेरिकाको सन एन्टीनो मा मे १२ तारिख पहिलो प्रस्तुति हुने छ ।

बिस्तृत जानकारी को लागि फ्युजन इन्टरनेसनलको ईमेल fuzoninternational3@gmail.com मार्फत सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेका छन् । विजय थापा

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..