सर्पको जिब्रो बिचमा किन चिरिएको हुन्छ ? महाभारतमा यसो भनिएको छ

सर्प एउटा यस्तो प्राणी हो, जुन सधैं मानिसको आकर्षणको केन्द्र बन्ने गरेको छ। मानिसहरु सर्पदेखि डराउँछन् । अनेक ग्रन्थमा पनि नागसँग सम्बन्धित कथाहरु पढ्न पाइन्छ ।

महाभारतको आदि पर्वमा नागको उत्पत्ति र राजा जनमेजयद्वारा गरिएको नागदाह यज्ञसँग सम्बन्धित कथाको वर्णण छ। आज हामीले पनि तपाईलाई नाग वंशको उत्पत्तिसँग सम्बन्धित कथा बताउँछौः

यसरी भयो नाग वंशको उत्पत्ति

महाभारतका अनुसार महर्षि कश्यपका १३ श्रीमती थिए । यसमध्ये कद्दु पनि एक थिइन् । सबै नाग कद्दुका सन्तान हुन् । महर्षि कश्यपकी अर्की एउटी श्रीमतीको नाम विनता थियो । पक्षीराज गुरुड विनताकी छोरा हुन् ।

एकपटक कद्दुले भनिन् कि घोडाको पुच्छर कालो छ र विनताले सेतो रहेको बताइन् । यो विषयमा दुवैले बाजी थापे । तब कद्दुले आफ्नो नागपुत्रलाई भनिन् कि तिमी आफ्नो आकार सानो बनाएर घोडाको पुच्छर लपेटिऊ, जसका कारण घोडाको पुच्छर कालो देखियोस् र उनले बाजी जितुन् ।

केही सर्पले यसो गर्न अस्वीकार गरे । तब कद्दुले आफ्ना छोराहरुलाई श्राप दिइन् कि तिमीहरुराजा जनमेजयको यज्ञमा भष्म हुनेछौ । श्राप सुनेर आफ्नी आमाले भनेअनुसार उनीहरु सेतो घोडाको पुच्छरमा लपेटिए, जसका कारण घोडाको पुच्छर कालो देखिन थाल्यो । बाजी हारेका कारण विनता कद्दुकी दासी बनिन् ।

जब गरुडलाई थाहा भयो कि उनकी आमा दासी बनिन्, तब उनले कद्दु र उनका सर्प पुत्रहरुसँग सोधे कि तँलाई म यस्तो कुन चाँहि वस्तु लिएर दिऊ, जसबाट मेरी आमा तिमीहरुको दासत्वबाट मुक्ति हुन्छिन् । तब सर्पहरुले भने तिमी हामीलाई स्वर्गबाट अमृत लिएर दियौ भने तिम्री आमा दासत्वबाट मुक्त हुनेछिन् ।

आफ्नो पराक्रमका कारण गरुड स्वर्गबाट अमृत कलश लिएर आए र त्यसलाई कुशमा राखिदिए । अमृत पिउनुअघि जब सर्प स्नान गर्न गए तब देवराज इन्द्र अमृत कलश लिएर पुनः स्वर्गतिर गए । यो देखेर सर्पहरुले त्यही घाँस चाट्न सुरु गरे जसमा अमृत कलश थियो ।

उनीहरुलाई लाग्यो कि अमृतको केही अंश अवश्य होला । कुश चाटेका कारण नै सर्पहरुको जिब्रो दुई टुक्रा भयो । यसरी सर्पको जिब्रो बिचमा चिरिएको मानिन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..