चलन पनि कस्ताकस्ता ! कतै उज्यालोमा प्रतिबन्ध त कतै विवाहअघि सेक्स अनिवार्य

संसारभर यौन र विवाहसम्बन्धी विचित्रका चलनहरु छन् । अझ यौन र विवाहसम्बन्धी कानुनै विचित्रका बनेका पनि छन् । जुन कतिपयका लागि आश्चर्यजनक लाग्न सक्छ ।

अमेरिकाको दक्षिणपूर्वी भागमा स्थित मुलुक उरुग्वेमा पुरुषलाई धोकेबाज श्रीमतीको हत्या गर्ने अधिकार छ । यता दुबईमा तपाई सार्वजनिक स्थलमा प्रेम प्रदर्शन गर्न सक्नु हुन्न । इंग्ल्याण्डमा पार्किङमा राखिएको मोटरसाइकलमा सेक्स गर्नु कानुनी रुपमा प्रतिबन्ध छ। यता स्पेनमा समुद्र किनारमा सेक्स गर्न कानुनले नै रोक लगाएको छ।

अमेरिका–प्रशान्त क्षेत्रमा एउटा द्वीप छ जसलाई गुआम भन्ने गरिन्छ । उक्त द्वीपको कानुन अनुसार कुनै पनि कुमारी युवती विवाह गर्न सक्दैनन् । किनभने उनीहरुले विवाह गर्नुअघि सेक्स गर्नु अनिवार्य छ ।

दक्षिण अमेरिकाको एउटा मुलुक बोलिभियामा पुरुषले आमा र छोरी दुवै जनासँग यौन सम्बन्ध राख्न सक्दैन । यदि त्यसो गरेको पाइए सजाय दिने गरिन्छ । बुढापेष्ट र हंगेरीमा उज्यालोमा सेक्स गर्न प्रतिबन्धित छ।

मलेसियामा हस्तमैथुन गर्न पाइँदैन । हङकङमा महिलालाई आफ्नो धोकेबाज श्रीमान र सौताको हत्या गर्ने पूरा अधिकार छ । तालिन एस्टोनियामा सेक्सका क्रममा बागचाल खेल्न रोक छ । लेबनानमा पुरुषलाई नर जनावरका साथ सेक्स गर्न रोक छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..