किम–ट्रम्पबीचको शिखर वार्तास्थल किन सिंगापुर नै रोजियो ? यस्ता रहेछन् भित्री कारण

त्यो शिखर वार्ताको मिति र स्थान तय भएको छ जसको प्रतिक्षा संसारलाई नै थियो। संसारका यस्ता दुई नेता जो केही दिनअघिसम्म एकअर्काका सबैभन्दा ठुला दुश्मन मानिन्थे र युद्धको अवस्थामा पुगिसकेको भान पार्दथे । अब अवस्था दुरुस्त बनाउन र घृणा कम घेटघाट गर्ने भएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उन १२ जुनमा सिंगापुरमा भेटघाट गर्ने भएका छन् । जबदेखि यो घोषणा भयो कि दुई नेताबीच भेट हुनु नै छ तब भेट गर्ने स्थानका बारेमा विभिन्न आशंका र अनुमानहरु गरिएको थियो ।

यो आशंका र अनुमानलाई तोड्दै ट्रम्प स्वयमले ट्वीट गरे, ‘उत्तर कोरियाका नेता किम जोंग उन र मेराबीच जुन भेटघाटको प्रतिक्षा भइरहेको छ, त्यो १२ जुनमा सिंगापुरमा हुनेछ । हामी दूई कोशिस गर्नेछौ कि यो भेटघाट विश्व शान्तिका लागि विशेष महत्वको पल बनोस् ।

जब यो स्पष्ट भयो कि संसारका सबैभन्दा हाई प्रोफाइल बैठक हुनुछ त यो प्रश्न उठिरहेको छ कि यसको आयोजनाका लागि सिंगापुर नै किन चुनियो ?

दोस्रो विकल्प के थियो ?

जब यो सम्भावना व्यक्ति गरिँदै थियो कि यो बैठक सिंगापुरमा हुन सक्दछ तब यसका साथै डीएमजेड (डिमिलिट्राइज्ड जोन) को नाम चर्चामा ल्याइएको थियो । डीएमजेड त्यो स्थान हो जुन दक्षिण र उत्तर कोरियाबीच सिमा क्षेत्रमा छ । हालै जब किम र दक्षिण कोरियाका राष्ट्रपति भेट गरेका थिए, त्यही स्थानबाट बोर्डर पार गरेका थिए ।

सुरुमा यस्ता समाचार आएका थिए कि ट्रम्प पनि यसैका पक्षमा थिए । तर केहीको मान्नु थियो कि डीएमजेड जानु भनेको करिब करिब उत्तर कोरिया जानुजस्तै हुनेछ । इन्डियन एक्सप्रेसका अनुसार ट्रम्प उत्तर कोरिया जाने र किम जोंग उन अमेरिका जाने कुनै प्रश्न नै थिएन ।

त्यसैले वार्तास्थल कुनै तेस्रो स्थान नै हुन सक्दथ्यो । किनभने किम कुनै पनि हालतमा पश्चिमी जगत वा युरोप जान तयार हुँदैन थिए । यसका साथै किम जोंग उन जापान र दक्षिण कोरिया जान पनि राजी हुँदैन थिए ।

चीन यो वार्ता आयोजना गर्न तयार हुन सक्दथ्यो तर त्यो अमेरिकालाई मन्जुर हुने थिएन । एसियाका अन्य देश र अफ्रिका सुरक्षाको दृष्टिले आउन सक्भव थिएन ।

रोचक छ कि यी सबै विकल्पहरुका अलावा मंगोलियाको नाम पनि चर्चामा थियो । तर त्यो चीन निकट भएका कारण अमेरिकालाई मान्य थिएन ।

किमको रुची ?

सबैभन्दा ठुलो कुरा यो छ कि सिंगापुर तटस्थ छ । उसको कोरियाली प्रायद्वीपसँग कुनै हित जोडिएको छैन । यद्यपि गत वर्ष उत्तर कोरिया र सिंगापुरबीचको व्यापारिक सम्बन्ध अन्त्य भएको थियो । तर यदि यसलाई नजरअन्दाज गर्ने हो भने दुवै देशबीच सम्बन्ध सुमधुर छ ।

यहाँसम्म कि उत्तर कोरियाली नागरिक कयौ दिनसम्म सिंगापुर आउनका लागि भिसा आवश्यक पर्दैन । यो संसारका ती करिब ४० देशहरुमध्ये हो जहाँ उत्तर कोरियाली दूतावास छ । किम जोंग उन पनि सिंगापुरलाई लिएर निकै आवस्त रहेको बताइन्छ ।

अमेरिकाको सम्बन्ध ?

सिंगापुरलाई लिएर जति उत्तर कोरिया तनावमुक्त छ, यही अमेरिकाको पनि सिंगापुर पुरानो मित्र हो । यो क्षेत्र अमेरिकाको पोत राख्न मनपर्ने स्थान हो र सिंगापुरमा अमेरिकाको नेवी लजिस्टिक बेस छ ।

यसका साथै अमेरिका सिंगापुरका विषयमा यसकारण पनि सकारात्मक छ किनभने उत्तर कोरियाका नेतासँग भेटघाटमा यहाँ सुरक्षाका विषयमा आस्वस्त हुन सकिन्छ ।

यसका साथै सिंगापुरले ती ठुला बैठकहरुको आयोजना पनि गरिसकेको छ । सन् २०१५ मा ६० वर्षपछि चीन र ताइवानबीचको बैठक पनि यही भएको थियो ।

सिंगापुरको प्रमुख पत्रिका स्टैट टाइम्सका अनुसार ‘सिंगापुरमा सुरक्षा व्यवस्था मजबुत छ। जुन कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि प्राथमिकता हुने गर्दछ । र, साथै निकै छोटो सूचनाका आधारमा सिंगापुर महत्वपूर्ण बैंठकहरु आयोजना गर्न सक्षम छ । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..