अशोक दर्जीको गीतले राख्यो रेकर्ड तर कारबाहीको माग गर्दै किन पुगे टंक हनुमानढोका

काठमाडौँ । युट्युवमा भाइरल भएका बाल गायक अशोक दर्जीको गीत ‘मन बिनाको धन ठूलो’ ले रिलिजको २४ घण्टा मै रेकर्ड राखेको छ । युट्युव मार्फत सार्वजनिक गरिएको अफिसियल गीतलाई ३ दिनमा झण्डै १९ लाख पटक हेरिएको छ ।

टंक बुढाथोकी नामको युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । जून गीत हाल युट्युव ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।यता गीतले चर्चा बटुली रहेको बेला गायक तथा संगीतकार टंक बुढाथोकी भने कारबाहीको माग गर्दै प्रहरी परिसर हनुमानढोका पुगेका छन् ।

अफिसियल गीत रिलिज अगाडि नै अशोकको पहिलो गीत भन्दै युट्युवमा भिडियो हाल्ने विरुद्ध गायक तथा संगीतकार टंकले हनुमानढोका पुगी उजुरी दिएका हुन् । गलत सोचले सिर्जना कपीराइट गर्दै आर्थिक लाभ लिन खोज्ने विरुद्ध टंकले कारबाहीको थालनी गरेका हुन् । आजै उनी सांगीतिक कार्यक्रमको लागि कतार प्रस्थान गरेका छन् ।

दुई दिन पछि नेपाल फर्कने बताएका टंकले क्षणिक आर्थिक लाभका लागि सिर्जना चोरी गर्नेलाई कानुनी कारबाही हुने जनाएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..