बिदाइका हातहरु(सायरी)

कहाँ बिश्वास गर्न सके दुनियाँले कुरा गर्दा छागाबाट खसे झैँ भो बिहेको निम्तो हातमा पर्दा आगानै भरी जन्ती नौमती बाजा बजाउदै गर्दा मलाई सम्झी रोयौ होला पराइले तिम्रो सिउदो भर्दा कसले चिन्न सक्छ मेरो अनुहारमा उत्रिएको रंग मलाई भुली खुशी हुनु भाग्यमा लेखिएको मान्छे संग रहन देउ उजाड अनि बाझै बरु मायप्रेमका मेरा फाँटहरु यस्तै मेरो भाग्य भन्दै टाढैबाट हल्लाइदिउँला बिदाइका हातहरु ।।

कसैको प्रेम

न कुनै आशा थियो मनमा न थियो बिलाशा बियोगको कोख बाट खुल्यो प्रेमको परिभाषा एकताका गुलाफको बोटमा धाउने मेरो बानी थियो थोरै मिठो,थोरै टर्‍ओ मेरो प्रेम कहानी थियो मैले धेरै माया गर्ने मेरि एउटि मायालु थिइ जसले माया भन्दा ज्यादा यो मुटुमा चोटैचोट दिइ बिचित्रको दुनियाँमा झुटझुटैको माया कति फारो एक मान्छेको माया पाउन हुदो रैछ सारै गार्‍हो सम्पुर्ण भएर पनि अपुर्ण भइ कोहिकसैको अभाव हुने एकोहोरो प्रेम भन्नु यस्तै रैछ छाया संग पनि लगाब हुने न पाउन सकिने न भुल्न सकिने खै यो प्रेमको कस्तो सेरोफेरो अझैपनि उसैलाई चाहिरहन्छ मनले जो कहिल्यै थिइन् मेरो ।।

ढुङ्गे मुटु

पात झैँ हलुका भएर हुदो रहेनछ पहाड झैँ बजनदार हुनुपर्ने
समयको माग हो या नियतिको खेल कोलाहलमा हासी एकान्तमा रुनुपर्ने
आफ्नो मन उजाड पारी सजाउनु पर्ने अरुको बस्ती
आफ्नै ओठमा सलबलाउने हासो पनि अरुका निम्ती दबाउनुपर्ने जबर्जस्ति
अरुका स्वार्थ परिपुर्तिका निम्ती आफु पबित्र भएर पनि घिन हुनुपर्ने
के गर्ने निधारमा लेखेकै यस्तै आफु जलेर पनि अरुलाई ताप दिन तल्लिन हुनुपर्ने
पस्चताप र ग्लानीको सर्बत पिएर भलै आफैभित्र किन टुटु
कपास झैं नरम,फुल झैँ कोमल मन हुनु भन्दा
बरु भएको जाती ढुङ्गे मुटु ।।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..