हनुमन्तेबाट ११ टन फोहर संकलन

भक्तपुर। विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै थालिएको सफाइ अभियानअन्तर्गत आज ११ टन फोहर संकलन गरिएको छ ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सफाइ अभियानको आज ११ औं हप्ता भक्तपुर, काठमाडाँै र ललितपुरको सिमानामा रहेको हनुमन्ते र मनोहरा खोलाको संगमस्थलमा गरिएको सरसफाइमा ११ टन फोहर संकलन भएको हनुमन्ते सफाइ अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो ।

आजको सफाइको अगुवाई गर्दै हास्यकलाकार जितु नेपालले नदीलाई सधैं सफा राख्न स्थानीयवासीले फोहर फाल्न रोक्नुपर्ने बताउनुभयो ।

गत फागुन १९ गतेदेखि हरेक साताको शनिबार हुँदै आएको हनुमन्ते सरसफाइ अभियानमा सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, विभिन्न गैरसरकारी संघसंस्था, विद्यार्थी, स्थानीयवासीलगायत करिब २०० जनाको सहभागिता रहेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..